बागमती प्रादेशिक आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा थप उपचार सेवा सुचारु

बागमती प्रादेशिक आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा थप उपचार सेवा सुचारु

हेटौँडा

वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र (साविकको अञ्चल आयुर्वेद औषधालय) ले न्यूनतम शुल्क निर्धारण गरी थप उपचार सेवा दिन थालेको छ । यसअघि सबै सेवा निःशुल्क प्रदान गर्दै आएको स्वास्थ्य केन्द्रले सेवा विस्तारसँगै न्यूनतम शुल्क निर्धारण गरी थप उपचार सेवा दिन थालेको हो । यद्यपि औषधि भने निःशुल्क उपलब्ध गराइने छ । स्वास्थ्यकेन्द प्रमुख डा सृष्टि श्रेष्ठका अनुसार हाल प्रदान गर्दै आइरहेको सेवाअन्तर्गत ओपिडी सेवा, फिजियोथेरापी, पूर्वकर्म, पञ्चकर्म, योग क्षारसूत्र, प्रयोगशाला परीक्षणलगायतका सेवालाई सःशुल्क बनाइएको हो ।

बिरामीले स्वास्थ्य केन्द्रमा ओपिडी सेवा लिएबापत रु २० तथा फिजियोथेरापीको सेवा लिएबापत रु १०० शुल्क तिर्नुपर्ने जनाइएको छ । अन्य सेवाको पनि न्यूनतम शुल्क तोकिएको छ । स्वास्थ्य केन्द्रबाट हाल २३ किसिमका औषधि निःशुल्क वितरण गरिँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्