आज पहिलो साउने सोमबार, देशका शिवालयहरुमा भक्तजनहरूको भीड

<span class='c1'>आज पहिलो साउने सोमबार,</span> <span class='c2'>देशका शिवालयहरुमा भक्तजनहरूको भीड</span>

काठमाडौं

आज पहिलो साउने सोमबार, देशका शिवालयहरुमा भक्तजनहरूको भीड लागेको छ । हिन्दू धर्मशास्त्रमा साउन महिनालाई शिवको अत्यन्त प्रिय महिना रुपमा लिइन्छ ।यस महिनामा शिवलाई प्रशन्न गराउन भक्तजनहरू उपासनामा तल्लीन हुन्छन् ।

शिवालयमा पुगेर बेलपत्र, धतुरो, दूध, मौसमी फूलहरू, पञ्चामृत लगायतका द्रव्यले शिवको पूजा गर्ने प्रचलन छ । शिवभक्तहरू यस समयमा घरघरमा रुद्री लगाउने गर्छन् र सकेसम्म विभिन्न शिवालयमा दर्शनार्थ जाने गर्छन् ।

यस्तै नारीहरूले साउन महिनामा हरिया पहिरन, रङ्गीचङ्गी शृङ्गार, हातमा मेहेन्दी, गलामा पोते, सिउँदोमा रातो सिन्दुरमा सजिएर शिवको व्रत बसी पतिव्रता धर्म उच्च रहोस्, प्रेम अखण्डित रहोस्, पारिवारिक सुख शान्ति कायम रहोस् भनी शिवको सकाम उपासना गर्छन् ।
- गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्