प्रधानमन्त्री देउवाद्वारा काठमाडौं जोरपाटीस्थित खोप केन्द्रको स्थलगत अवलोकन

प्रधानमन्त्री  देउवाद्वारा  काठमाडौं जोरपाटीस्थित खोप केन्द्रको स्थलगत अवलोकन

काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सरकारले उपलब्ध गराएको जोनसन एण्ड जोनसनको खोप लगाउने कार्यको थालनी गर्नु भएको छ ।
यसै क्रममा प्रधानमन्त्री देउवाले साेमबार काठमाडौंका विभिन्न खाेप केन्द्रहरुमा भइरहेको खोप लगाउने कामको स्थलगत अनुगमन गरी रहनु भएको छ । उहाँले आजै विहान नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीस्थित खोप केन्द्रको अवलोकन गर्नुभएको थियो ।

उहाँले हिजो प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा आफ्नो पहिलो प्राथमिकता आम जनतालाई खोप उपलब्ध गराउने रहेको बताउनु भएको थियो । जोन्सन एण्ड जोन्सन खोप वैज्ञानिक हिसाबले एक मात्रा मात्र लगाए पुग्ने खोप हो । यो खोप स्वास्थ्य मन्त्रालयको खोप भण्डारसँग मिल्दोजुल्दो छ, दुईदेखि आठ डिग्री सेन्ट्रिग्रेटमा राख्न मिल्छ।


- गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्