एमाले बैठक : फ्लोर क्रस गर्ने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय

एमाले बैठक : फ्लोर क्रस गर्ने २२  सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय

काठमाडौं

प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत लिने प्रस्तावमा फ्लोर क्रस गर्ने २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मतको पक्षमा मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । केन्द्रीय कमिटी बैठकले पार्टी एकताका लागि गठन गरेको संयुक्त कार्यदलले तयार गरेको १० बुँदे एकता प्रस्ताव पारित गरेको छ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसँग पार्टी एकता सम्भव नभएको दोहो¥याउनुभएको थियो । ‘कार्यदलका नेताहरुसँग नै उहाँले प्रतिवेदन अस्वीकार गर्नुभएको छ,’ अध्यक्ष ओलीको भनाइ छ । अध्यक्ष ओलीले एमाले संसदको सबैभन्दा ठूलो पार्टी रहेको भन्दै लोकतान्त्रिक ढंगबाटै आफ्ना क्रियाकलापहरु जारी राख्ने बताउनुभयो । -एनटीभी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्