साईबर सेक्युरिटी सम्बन्धि चारदिने डिएनएस सी थ्री नामक अनलाइन तालिम हुँदै

<span class='c1'>साईबर सेक्युरिटी सम्बन्धि चारदिने  डिएनएस सी</span> <span class='c2'>थ्री नामक अनलाइन तालिम  हुँदै</span>

विराटनगर

आकृती रानी फुयल

सफ्टवेयर कम्पनी सेमिकलन टेकले साईबर अपराध सम्बन्धि चारदिने अनलाइन तालिमको आयोजना गर्दैछ। सो कार्यक्रम भर्चुअल प्लाट्फर्म डिस्कर्डमार्फत २५-२८ जुलाई सम्म हुने ब्यवस्थापक अदिती पौडेलले जानकारी दिईन् ।

आवर विराटनगरसंग कुरा गर्दै पौडेल भन्छिन् ,´ विशेषगरि जो साइबर क्षेत्रमा कार्यरत हुनुहुन्छ र आइटी क्षेत्रमा अध्यनरत वा कार्यरत हुनुहुन्छ उहाँहरुको लागि यो तालिम निकै नै फलदायी हुने हामिले विश्वास राखेका छौं । काम गर्ने क्रममा विभिन्न साइबर क्राइमले अफ्ट्यारो पारिरहेको हुन्छ तर कस्तो सुरक्षा अपनाउने सम्बन्धित ब्यक्तिलाई थाह हुँदैन त्यसैले हामिले अघिल्ला वर्षहरुमा पनि यस्ता कार्यक्रमहरु गर्ने गर्थ्यौँ र यसपालि पनि गर्दैछौं तर अलि भिन्न तरिकाले यानिकी भर्चुअल माध्यमबाट ।

कार्यक्रमका गेस्ट स्पिकरमा क्यानेडेली सेक्युरिटी रिसर्चर प्रियंका मुत्थु (किमि गिर्ल) र अमेरिकी सेक्युरिटी रिसर्चर स्टेफ्नी रहेका छन् । त्यसैगरी अन्य सहजकर्ताहरुमा नेपालका दुईजना सेक्युरिटी रिसर्चर शिबु र वर्षात साथै भारतका दुईजना सेक्युरिटी रिसर्चर हरिना र वंशीधर रहेको पौडेलले जानकारी दिइन्।

कार्यक्रमको ब्यानरमा त फ्री अफ कष्ट लेखिएको छ नि , जति जना सहभागी भए नि पैसा तिर्नुनपर्ने हो?
हो तर पहिलो दिनलाई मात्र किनभने त्यसदिन हामीसंग प्रविधीमा महिला(साइबर सेक्युरिटी) पनि कम छैनन् भनेर दुईजना गेस्ट स्पिकर हुनुहुन्छ त्यो पनि एकजना अमेरिकि र अर्को क्यानेडेली महिला । त्यसैले दोश्रो दिनदेखि एक ब्यक्ति बराबर दर्ता शुल्क दिनको रु २५० लिनेछौं । संकलित रकमको १० प्रतिशत भने हामिले विपन्न तथा गरिब ब्यक्ति जसलाई पैसाको आवश्यक छ त्यहाँ सहयोग गर्नेछौं ।

के उद्देश्यका साथ यो कार्यक्रम गर्न लाग्नुभएको हो?
पहिलो कुरा त साइबरमा हुने विभिन्न आपराधिक क्रियाकलापलाई कसरी रोक्न सकिन्छ भन्ने विषय मा वर्तमान समाजलाई जानकारी गराउन । त्यसैगरी सूचना प्रविधिको क्षेत्रमा महिलाहरुको सहभागीता बढिरहेको छ जसबाट हामीले धेरै कुरा सिक्न सक्छौं र ती महिलाहरुलाई आगामी दिनमा अझै उत्कृष्टता हासिल गर्ने उर्जा प्रादन होस भन्ने सोचेर गर्न लागिएको हो ।

कुन समुदायलाई लक्षित गरि यो कार्यक्रम गर्न लाग्नुभएको हो?
यो कार्यक्रममा हामीले यो उमेर समूह या कुनै विशेष समुदायलाई भनेर तोकेका छैनौं । सूचना प्रविधि र साइबर सुरक्षा सम्बन्धि रुचि राख्ने जो कोहिले यसमा सहभागिता जनाउन सक्नुहुनेछ ।

यसमा सहभागिता जनाउन चाहने इच्छुक ब्यक्तिहरुले सहयोग फाउन्डेसनको फेसबुक पेजमा रहेको तल उल्लेखित िलंकमार्फत सहभागी हुन सक्नुहुनेछ ।

https://discord.com/invite/36dP7FaYvY

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्