नेपाल सरकारले साउन ६ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मावलम्बीहरुले मनाउने बकर इद पर्वको अवसरमा सरकारले देशैभर सार्वजनिक विदा दिने निर्णय गरेको हो । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।
भर्खरै प्रधानमन्त्री भएका नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिपरिषदमा गृहमन्त्री बालकृष्ण खाँड ,अर्थमन्त्री जनार्दन शर्मा ,उर्जामन्त्री पम्फा भुसाल ,कानुन तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्की रहेका छन् ।