विराटनगरमा ७२ जना संक्रमित थपिदा प्रदेश १ मा ६३५ संक्रमित थपिए

विराटनगरमा ७२ जना संक्रमित थपिदा प्रदेश १ मा ६३५ संक्रमित थपिए

प्रदेश १ मा आज ६३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५७, झापामा १७२, सुनसरीमा १५८, तेर्‍हथुममा ९, इलाम र धनकुटामा ७-७, उदयपुरमा ४, ओखलढुङ्गा, पाँचथर र भोजपुरमा २-२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७२, बेलबारीमा ५७, पथरीशनिश्चरेमा ५६, केराबारीमा २६, सुन्दरहरैचामा १६, बुढीगंगामा १३, उर्लाबारीमा ८, जहदा, मिक्लाजुङ र स्थानीय तह नखुलेका २- २, रंगेली, रतुवामाई र कटहरीमा १-१, झापाको विर्तामोडमा ४६, भद्रपुरमा ३२, दमकमा २५, मेचीनगरमा १७, कनकाई र अर्जुनधारामा १३-१३, शिवसताक्षीमा १२, बुद्धशान्ति र कमल गाउँपालिकामा ४-४, बार्‍हदशी र स्थानीय तह नखुलेका २-२, गौरादह र हल्दिबारीमा १-१, सुनसरीको धरानमा ७१, इटहरीमा ५८, रामधुनी र बराहक्षेत्रमा ८-८, इनरुवा र स्थानीय तह नखुलेका ५-५, दुहवीमा ३, तेर्‍हथुमको म्याङलुङमा ८, स्थानीय तह नखुलेको १, इलामको सन्दकपुरमा २, इलाम नगरपालिका, माईजोगमाई, सुर्योदय, माई र चुलाचुलीमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ३, शहिदभूमीमा २, महालक्ष्मी र पाख्रिवासमा १-१, उदयपुरको चौदण्डीगढीमा २, बेलका र कटारीमा १-१, ओखलढुङ्गाको सुनकोशी र स्थानीय तह नखुलेका १-१, पाँचथरको फिदिम र याङवरकमा १-१, भोजपुरको षडानन्द र स्थानीय तह नखुलेका १-१, ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७९ हजार १९० पुगेको छ । संक्रमित भएकामध्ये ७१ हजार ७३३ जना संक्रमणमुक्त भएका छन् । आज ३०७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ९७८ रहेको छ । प्रदेश १ मा आज २ हजार ३०२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २९३ महिला र ३४२ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्