चारदिने डेल्टा २.० नामक नेपालकै पहिलो प्राविधिक मेला हिजोबाट सुरु

चारदिने डेल्टा २.० नामक नेपालकै पहिलो प्राविधिक मेला हिजोबाट सुरु

विराटनगर

पुर्वाञ्चल इञ्जिनियरिङ्ग क्याम्पस धरानको डेल्टा आइ ओ इले यसवर्ष पनि डेल्टा २.० नामक चारदिने प्राविधिक मेलाको आयोजना गरेको छ। प्रि इभेन्टसका रुपमा विभिन्न शिर्षकहरुमा भर्चुवल रुपमा तालिम तथा टक सो तथा अनलाइन गोष्ठीहरु भइसकेका छन् ।

डेल्टाले करिब १ महिना अघिबाट थ्रीडि मोडलिंग, प्रेजेंटेसन कम्पिटिसन, कोडाथन,म्याटल्याब डिजाइनिंग, इन्सटाग्राम फोटोग्राफी, स्पीच कम्पिटिसन लगायत बिभिन्न प्रि-इभेन्टसहरु गर्दै आएको र आजबाट ४ दिने लामो प्रविधि मेला शुरु भएको बताए। उक्त प्रतियोगिताहरुको क्रमश: रु. ५०,०००, ३०,०००, ३०,०००, ३०,०००, १५,०००, २०,००० प्रदान गरिएको आयोजक समितिले जानकारी दिएको छ।

यस प्राविधिक मेलाको उद्घाटन समारोहमा नेपाल विधुत प्राधिकरणका पूर्व प्रमुख ई.कुलमान घिसिङ, पूर्वाधार विज्ञ डा. सुर्य राज आचार्य, नेपाल सरकार कृषि मन्त्रालय उपसचिव ई. जित चन्द, नेपाल ईन्जिनियर्स एसोसियसन(एनइए) प्रदेश १ का अध्यक्ष ई.यसवान्त शाह,पूर्वाञ्चल क्याम्पसका क्याम्पस प्रमुख ई.ओम प्रकाश ढकाल, पूर्वाञ्चल क्याम्पसका सहायक क्याम्पस प्रमुखहरु , विभिन्न विभागका विभागिय प्रमुख , विद्यार्थी संगठनका अध्यक्ष तथा प्रतिनिधि, विद्यार्थी समाजका अध्यक्ष तथा प्रतिनिधि, सहयोगदाताहरुको भर्चुवल उपस्थिति रहेको डेल्टाका कोषाध्यक्ष डिल्लीराम आचार्यले जनाए ।

देश विकास तथा निर्माणमा युवा ईन्जिनियरहरुको भूमिका बारे प्रकाश पार्दै पूर्वाधार विज्ञ डा. सुर्य राज आचार्यले यस्ता कार्यक्रमहरुमा युवाहरुको सहभागिता हुनै पर्ने र युवा साथीहरुलाई हौसला, प्रोत्साहन तथा सहयोग गर्ने बताए । डेल्टालाई सफलताको शुभकामना दिदै डा. आचार्यले युवा जोश जागरलाई बर्करार राख्दै विकास निर्माणमा उल्लेख्य योगदान दिन सुझाव दिएका छन् ।

पहिलो दिन दिउॅसो १ बजेबाट थ्री डि मोडल डिजाइन प्रतियोगिताको डिफेन्स संचालन भएको र ११ वटा टिम संलग्न रहेको कुरा आयोजक समितिले जनाएको छ। त्यसैगरी ७ र ८ गते प्रेजेन्टेसन, कोडाथोन तथा म्याटल्याबको डिफेन्स गर्दै ९ गते पुरस्कार वितरण तथा समापन कार्यक्रम रहेको डेल्टाको सचिव मनिशा कार्कीले बताईन्।

आफू ईन्जिनियरिङ विधाकै रहेको र स्वदेशमै केहि गर्नपर्छ भनेर देशकै लागि काम गरेको बताउदै ईन्जिनियर घिसिङले युवा ईन्जिनियरहरुलाई प्रविधिमैत्री भएर स्वदेशमै रोजगार गर्न सुझाव दिए । साथै उनले आफ्नो कार्यकालको अनुभव सुनाउदै विद्यार्थीलाई उज्जवल भविष्यको कामना गर्दै उत्प्रेरणा यसै कार्यक्रम मार्फत प्रदान गरेका थिए ।

डेल्टाका अध्यक्ष सुदिप बिष्टले डेल्टाको निम्तोलाई स्वीकार्दै कार्यक्रमको शोभा बढाइदिनुहुने सम्पूर्णलाई धन्यवाद दिदैं कार्यक्रमका बारे थप प्रकाश पार्दै उनले ४ दिन यो प्रविधि मेला संचालन रहने र बाकी दिनहरुमा पनि महत्वपूर्ण कार्यक्रमहरु गर्दै जाने भन्दै कार्यक्रमको औपचारिक समापन गरेका छन् ।

कार्यक्रम सह संयोजक सुदिपभाइ सुबेदी भन्छन्, हाम्रो कार्यक्रमलाई सफल पार्न कार्यक्रम प्रायोजकहरु फोन पे ,दराज अनलाइन सपिङ्ग , वर्डलिंक कम्युनिकेसन ,एन आइसी एसिया बैंक,माई परिक्षा, पुरु इञ्जिनियरिङ्ग कन्सलटेन्सिको मुख्य भूमिका रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्