नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले सामाजिक संजालको माध्यमबाट राजीनामा घोषणा गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै राजिनामा दिने घोषणा गरेका छन् ।
मल्मुताईरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले गर्दा आफुले राजिनामा दिएको बताएका छन् कारण राजीनामा दिन लागेको बताएका छन् । उनले लेखेका छन्:
प्याारा नेपाली प्रशंसकहरु, म एन्फाबाट राजिनामा दिन गईरहेको छु । र मेरो राजिनामा दिनुको कारण वरिष्ठ उपाध्यक्ष हुन् । उनले विगत ३ साता यता हरेक दिन मलाई जोडेर नाटक देखाईरहेका छन् । पंकज नेम्वाङ मलाई आशा छ तपाई अहिले खुसी महसुस गरिरहनु भएको छ ।
उनको राजिनामा घोषणाका कारण नेपाली फुटबल प्रसंशकहरुले सामाजिक संजालमा आफ्नो निराशा र नेम्वाङमाथी आक्रोश पोखिरहेका छन् ।