काठमाडौँ
नेपाली काँग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नियुक्त हुनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै रहने गरी सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यभार सम्हाल्ने गरी राज्यमन्त्रीमा नियुक्त गर्नु भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । -रेडियो नेपाल