कोशी हेल्थ विराटनगरलाई बिएन र बिपिएचको सम्बन्धन

<span class='c1'>कोशी हेल्थ विराटनगरलाई बिएन</span> <span class='c2'>र बिपिएचको सम्बन्धन</span>

विराटनगर । कोशी हेल्थ एण्ड साइन्स क्याम्पस विराटनगरले ब्याचलर नर्सिङ्ग र ब्याचलर अफ पब्लिक हेल्थ अध्यापन गर्ने सम्बन्धन पाएको छ । चिकित्सा शिक्षा आयोगले सीट संख्या स्वीकृति गर्दै पुरानो  कोशी हेल्थ एण्ड साइन्स क्याम्पसमा चालु आर्थिक वर्षदेखि बीएन र बिपिएचको अध्यापन सुरु हुने भएको हो ।

क्याम्पसका प्रमुख विकास अधिकारीका अनुसार दुवै शैक्षिक कार्यक्रमका लागि ४०-४० सीटको कोटा कोशी हेल्थले पाएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सबैभन्दा पुरानो सम्बन्धन प्राप्त कलेजले आफ्नै भवन विराटनगर–१ तीनपैनीमा अध्ययनअध्यापन गराउँदै आएको छ ।
बीएन र बिपिएचको कक्षा समेत आफ्नै भवनमा तीनपैनीमा सञ्चालन गरिने अधिकारीले जानकारी दिनुभयो । कोशी हेल्थ मोरङ सहकारी अस्पतालको भगिनी संस्था हो । पूर्वमा स्वास्थ्य क्षेत्रको शैक्षिक कार्यक्रममा कोशी उत्कृष्ट कलेजमा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्