भन्सार छलेर सामान जाँचपास गराउने एजेन्टका प्रतिनिधि अकबर अली निलम्बन

भन्सार छलेर सामान जाँचपास गराउने एजेन्टका प्रतिनिधि अकबर अली निलम्बन

विराटनगर । आफ्नै मालवस्तु भित्र्याउँदा भन्सार छलेको पुष्टि भएपछि विराटनगर भन्सार कार्यालयले एजेन्ट प्रतिनिधि अकबर अलीलाई भन्सारसँग सम्बन्धित कार्य गर्न रोक लगाएको छ । भन्सार एजेन्ट भरतराज भट्टराईका प्रतिनिधि अलीलाई भन्सार कार्यालय विराटनगरले निलम्बन गरेको हो ।

अर्को आदेश नहुँदासम्म निलम्बन गरिएको छ, भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवले भन्नुभयो–अर्को आदेश नआउँदासम्म भन्सारसँग सम्बन्धित गतिविधि गर्न पाइने छैन । गत साउन ३ गते बेलुका आफ्नै नाममा रहेको अली ट्रेडर्सले आयात गरेको मालवस्तु चाँजपास गर्दा सेटिङमा न्यून मूल्यांकन गरेको पाइएको थियो । राजश्व अनुसन्धान इकाईको कार्यालय इटहरीले दुईवटा ट्याक्टरमा ल्याएको कपडासहितको सामान बरामद गरेको थियो ।

अनुसन्धानका क्रममा भिसीटिएस (भेहिकल, कन्साइमेन्ट ट्रयाकिङ्ग सिस्टम–मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली) मा प्रविष्टि नै नगरी भन्सारबाट जाँचपास गरेर सामान भित्र्याएको खुलेको थियो । अलीलाई राजश्व अनुसन्धान इकाईको कार्यालयले भिसिटिएसमा प्रविष्ट नगरेको आरोपमा दुईवटा गाडीको दश लाख र बाँकी भन्सार जाँचपासमा कम मूल्यांकन देखाएको आरोपमा सात लाख गरि १७ लाख रुपिँया जरिवाना लिएको थियो ।

भन्सार एजेन्टका प्रतिनिधि अलीले भने राजश्वले भित्री गन्जीको ३५० का दरले जरिवाना लिएको गुनासो गर्नुभयो । दुईवटा ट्याक्टरमा ल्याएको सामानमा एक हजार थान भेस्ट (टिसर्ट), पेन्टमा लगाउने चेन लगायताका सामाग्री रहेको थियो ।

विराटनगर भन्सारमा अर्का कारोबारी तथा भन्सार क्षेत्रमा काम गर्दै आएका राजकुमार रौनियारलाई समेत प्रवेशमा रोक लगाउने निर्णय गरिएको थियो । रौनियारले समेत आफ्नै सामान भित्र्याउँदा पुरानो प्रज्ञापनपत्र देखाएर गेटबाट सामान निकालेका थिए । त्यस क्रममा भन्सारको गेटमा बसेका केहि सुरक्षा गार्ड समेत कारवाहीमा परेका थिए । त्यस अगाडी गत बैशाखमा अर्का प्रतिनिधि अर्बिन्द ठाकुरको फुड सप्लिमेन्ट समेत पक्राउ परेको थियो । उनलाई समेत भन्सार क्षेत्रमा निलम्बन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्