महिला उद्यमीलाई बैकिङ प्रक्रियामा सहजीकरण गरिने

महिला उद्यमीलाई बैकिङ प्रक्रियामा सहजीकरण गरिने

विराटनगर । उद्यमशिलता विकासका लागि महिला उद्यमीहरुका लागि प्रवाह हुने कर्जा सुविधा, कर्जा प्राप्ती, कर्जा प्राप्तीमा सहयोग पु¥याउन उद्योग संगठन मोरङले संस्थागत सहजीकरणका लागि छलफल सुरु गरेको छ । उद्योग संगठन मोरङ, महिला उद्यम समितीले महिला उद्यमीद्वारा सञ्चालित उद्योगको विकास र विस्तारका लागि आवयश्यक पर्ने कानुनी तथा प्रक्रियागत सहजीकरणको थालनी गरेको हो ।

बैंक तथा वित्तिय संस्थाहरुले सहुलियपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था भए त्यस व्यवस्था अनुसारको सुविधा उपभोग गर्न प्रकृयागत जटिलता समाधानका लागि महिला उद्यम समितिले सहयोग गर्ने भएको छ । समितिका संयोजक प्रतिभा रिजाल ओलीले तुलनात्मक रुपमा महिला उद्यमशिलताको संख्यामा बढोक्तरी नभईरहेको अवस्थामा यसका लागि सहजीकरण गर्नुपर्ने आवश्यकता रहेकोले कार्यक्रम सुरुवात गरिएको बताउनुभयो ।
राज्यले महिलाहरुको उत्थानका लागि वित्तिय सेवा सुविधाहरु प्रदान गर्दै आएको वताउँदै त्यस्ता सुविधाहरु उपभोग गर्न महिला जागरुकताको आवश्यकता रहेको उहाँले बताउनुभयो । महिलाहरुको सिर्जनशिलतालाई उद्यमशिलतामा परिवर्तन गरी आत्मनिर्भर तर्फ अग्रसर हँुदै आर्थिक विकासमा योगदान पु¥याउन लक्ष्य राखिएको छ ।

समितिले महिला उद्यमीहरुलाई यस विषयमा जानकारी दिनका लागि औपचारिक रुपमा अन्तरक्रिया तथा आवश्यक परामर्श दिने कार्यक्रम राखिएको छ । बैंक तथा वित्तिय क्षेत्रमा महिला उद्यमीहरुका लागि उद्यमशिलता विकासका लागि व्यवस्था गरिएको सेवा तथा सुविधाका समवन्धमा नविल वैंक लिमिटेड विराटनगरका शाखा प्रवन्धक गुरु रेग्मीले जानकारी गराउनु भएको थियो ।

महिला उद्यम समितिको सह–संयोजक जयश्री जाजुले महिला शसत्तिकरणका लागि उद्यमशिलतातर्फ अभिप्रेरित गर्दे आत्मनिर्भर वनाउनु पर्नेमा जोड दिनु भएको छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले राज्यले दिइएका सुविधा उपभोग गर्ने विषयमा महिलाहरु सधैं पछि पर्ने गरेकोले संस्थागत रुपमै सहजीकरण गर्ने योजना अगाडी सारिएको जानकारी दिनुभयो । उहाँले बैंक तथा वित्तिय संस्थाहरुले समेत महिलाहरुलाई प्राथमिकतामा राखेर सहजीकरण गर्नुपर्नेमा उहाँको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्