प्रदेशकै नमूना शिक्षण संस्था एभरेष्ट :‘विश्वस्तरीय भौतिक पूर्वाधार, विश्वस्तरीय सिकाई’

<span class='c1'>प्रदेशकै नमूना शिक्षण संस्था एभरेष्ट</span> <span class='c2'>:‘विश्वस्तरीय भौतिक पूर्वाधार, विश्वस्तरीय सिकाई’</span>

विराटनगर । प्रदेश १ कै नमुना शिक्षणसंस्थाका रुपमा अघि बढिरहेको विराटनगर–५ स्थित एभरेष्ट एजुकेशन फाउण्डसेनले भौतिक संरचना सँगै विश्वस्तरीय शिक्षण सिकाई अवलम्बन गर्दै आएको छ । ‘विश्वस्तरीय भौतिक पूर्वाधार, विश्वस्तरीय सिकाई’ नाराका साथ अघि बढेको यस फाउण्डसेन अन्तर्गत प्ले ग्रुपदेखि स्नातकोत्तरसम्मको अध्ययन गर्ने थलोको रुपमा विकास भइरहेको हो ।

२०५० सालमा स्थापना भएको एभरेष्ट स्कुल फाउण्डेसनमा रुपान्तरण भइअहिले प्ले ग्रुपदेखि स्नातकतहसम्म अध्ययन गराइरहेको संस्था हो । औपचारिक शिक्षा मात्र पूर्ण नहुने भन्दै एभरेष्टले आफ्ना विद्यार्थीहरुको सर्वाङ्गिण विकास हुनुपर्ने र यहाँका उत्पादन असल नागरिकको रुपमा दर्ज हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै आएको छ । एभरेष्टका संस्थापक तथा प्रिन्सिपल टिकाराम पुरी भन्नुहुन्छ,‘अबको शिक्षालाई प्रविधि र सीपसँगै जोडेर अघि बढ्नुपर्छ, अझ त्यसमा व्यवहारिक नैतिक शिक्षाको समेत आवश्यकता हामीले बुझेका छौं ।’

‘हामी हाम्रा विद्यार्थी विश्वका जुनसुकै स्थानमा गएर अब्बल सावित हुनुपर्छ भन्ने मान्यताका साथ अघि बढेका छौं’ उहाँले भन्नुभयो,‘क्रमशः यसको प्रतिफल पनि आउन थालेको छ ।’ यहाँका विद्यार्थीले अन्यत्र जाँदा पनि उत्कृष्टता हासिल गरेको खबर सुन्न पाउँदा अत्यन्त हर्ष लाग्ने गरेको उहाँले बताउनुभयो । कक्षा ११को अध्ययापन शुरु गरेको छैठौं वर्ष हुँदै गर्दा सयौं विद्यार्थी डाक्टर, सोहि संख्यामा इन्जिनियर लगायतका जुनसुकै क्षेत्रमा लागेपनि उसैगरि उत्कृष्टता हासिल गरेको सुन्नपाउनु विद्यार्थी, अभिभावक र विद्यालय सवैका लागि गौरव बिषय हुने प्रिसिन्पल पुरीले बताउनुभयो ।

एभरेष्टका उत्पादनले अध्ययनलाई निरन्तरता दिने र उत्कृष्टता हासिल गर्दै गइरहेको तथ्यले पछिल्लो समय अभिभावक र विद्यार्थीको रोजाईको समेत केन्द्र बनेको छ ।
पछिल्लो समय भने एभरेष्टले निश्चित संख्यामा मात्र विद्यार्थी भर्ना लिएर सर्वोत्कृष्ट शिक्षा प्रदान गर्ने रणनितिलाई प्रभावकारी बनाउँदै लगेको छ । भौतिक संरचनाले भरिपूर्ण एभरेष्टले कक्षा ११ मा विज्ञान, व्यवस्थापन, कानुन र होटल मेनेज्मेन्टका विषय अध्ययापन गराउने गरेको छ । अन्तर्राष्ट्रियस्तरको भौतिक संरचना विकास गरेको एभरेष्टका प्रत्येक कोठाहरुलाई वातानुकुलित (एसि जडित) बनाईएको छ । साथमा हरेक कोठा प्रविधिमैत्री छन् । प्रविधिको उच्चतम उपयोग गर्दै अघि बढेको एभरेष्टका शिक्षक तथा प्राध्यापकहरु समेत उस्तै प्रविधिमैत्री हुनुहुन्छ । यसको सकारात्मक परिणाम कोभिड–१९ को महामारीका बेला अपनाइएको वैकल्पिक विधि भर्चुअल कक्षाको प्रभावकारीताले पुष्टि गरेको छ । सत् प्रतिशत विद्यार्थीको सहभागिता रहने भर्चुअल कक्षा सञ्चालन गर्दै आइरहेको एभरेष्टले आफ्नो तालिका अनुसार नै पाठ्यसामाग्रीको अध्यापन समेत सक्ने गरेको छ । एभरेष्टका प्रिन्सिपल पुरी भन्नुहुन्छ,‘ सत् प्रतिशत विद्यार्थी अनलाईन कक्षामा सकृय सहभागि भएर रेकर्ड नै राखेका छन् ।’

विद्यालयस्तरदेखि नै उत्कृष्टता हासिल गर्दै अघि बढेको एभरेष्टको विद्यालय स्तरमा छ पटकसम्म राष्ट्रिय तथा क्षेत्रीय शिल्ड प्राप्त गरेको छ । २०७४ सालमा देशकै सर्वोष्ट बन्दै तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट नगद दुई लाखसहित शिल्ड, प्रमाण–पत्र र राष्ट्रिय झण्डाबाट सम्मानित भएको एभरेष्टले कक्षा ११ को प्रारम्भमा नै व्यवस्थापन संकायमा नेपाल प्रथम भएर अब्बलता प्रमाणित गरेको छ । यस्तै एभरेष्ट कलेज लगातार २ वर्ष विज्ञान संकायमा पनि प्रदेश प्रथम हुन सफल भयो । त्यसपछि पनि लगातार आफ्नो उत्कृष्टता कायम राख्न एभरेष्ट सफल हुँदै आएको छ । एभरेष्टले आफ्नो गुणस्तरीय शिक्षामा कमि आउन नदिन विज्ञान र व्यवस्थापन संकायका लागि अत्याधुनिक ल्याव, पुस्तकालयको स्थापना गरेको छ । अझ विद्यार्थीहरुलाई अनुसन्धानमा केन्द्रित गराउन आफ्नै ‘इनोभेशन सेन्टर’(आविस्कार केन्द्र) निर्माण गरेको छ ।


विद्यार्थीहरुलाई समय समयमा गरिरहने सामुहिक तथा व्यक्ति–व्यक्ति बिचको परामर्षले थप उर्जा प्रदान गर्ने गरेको छ । विश्वस्तरीय शिक्षण सिकाईलाई प्रभावकारी बनाउन एभरेष्टले समय समयमा विश्वका चर्चित विश्वविद्यालयबाट गेष्ट लेक्चरको समेत व्यवस्था मिलाउँदै आएको छ । यस्ता गतिविधिले विद्यार्थीलाई अनुशासित र सृजनशिल हुन उत्प्रेरणा जाग्ने गरेको विद्यालयको बुझाई छ ।

यसका अतिरिक्त खेलकुद क्षेत्रमा पनि विद्यार्थीको अब्बलता कायम राख्न सक्नुपर्छ भन्दै एभरेष्टले अन्तर्राष्ट्रिय स्तरका खेल संरचनाहरुको विकास गरेको छ । एभरेष्ट कलेज परिसर भित्रै फुटबल मैदान, भलिबल तथा बास्केटबल कोर्ट, टेबल टेनिस, मार्सल आर्ट, तेक्वोन्दोका लागि कवर्ड हल अन्तर्राष्ट्रिय मापदण्डमा आधारीत रहेर निर्माण गरेको छ । यस्तै संगीत तथा नृत्यका लागि छुट्टै हल निर्माण गरेको एभरेष्टले प्रत्येक खेलकुदका क्षेत्रका गुरुहरु राखेर विद्यार्थीको रुचि अनुशार कक्षा सञ्चालन गर्दै आएको छ । दुई दर्जन भन्दा बढी स्कुल बस उपलब्ध रहेको एभरेष्टले आवश्यकता अनुशार संख्या बढाउँदै लैजानुपर्ने भन्दै आफ्नै बसपार्क समेत निर्माण गरेको छ । यस्तै टाढाबाट अध्ययन गर्न आउनेहरुका लागि सुविधासम्पन्न छात्रबासको ब्यवस्था मिलाएको एभरेष्ट फाउण्डेसनमा अहिले ४ वटा शैक्षिक संस्था सञ्चालनमा छन् । विराटनगर– ५मा एभरेष्ट मन्टेश्वरी, एभरेष्ट स्कुल, एभरेष्ट कलेज आसपासमा सञ्चालन गर्दै आएको फाउण्डेसनले विराटनगरकै कलेज रोडमा एम्स कलेज र सुनसरीको इटहरीमा पाथीभरा स्कुल सञ्चालन गर्दै आएको छ । फाउण्डेसन भित्र चार हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्