विराटनगरमा खुल्यो नासा इन्भेष्टमेन्ट, सेयर बजारको कारोबारमा सहज

विराटनगरमा खुल्यो नासा इन्भेष्टमेन्ट, सेयर बजारको कारोबारमा सहज

विराटनगर । सेयर बजारको प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगरमा नासा इन्भेस्टमेन्ट प्रा।लि। स्थापना भएको छ । सेयर खरिद बिक्री बाहेकका सेयरसम्बन्धी कामहरु गर्ने गरि नयाँ कम्पनि सञ्चालनमा आएको हो ।

२५ लाख रुपैयाँ लगानीमा स्थापना भएको कम्पनीले अहिले ६ जनालाई रोजगारीसमेत दिएको छ । कम्पनीले सेयर खरिद बिक्री बाहेकका सेयरसम्बन्धी सबैकामहरु गर्ने अध्यक्ष अरबिन्द मेहताले जानकारी दिनुभयो । सेयर बजारमा आवद्ध सुनसरीका ४ जना युवाहरुको सक्रियतामा कम्पनी स्थापना भएको हो ।

कम्पनीले बैंक तथा वित्तीय संस्थाले आह्वान गरेको सेयर धितो लिलाम बिक्रीमा सहभागी भई सोसँग सम्वन्धित धितोपत्र खरिद बिक्री गर्ने गराउने काम गर्नेछ । स्वदेश तथा विदेशमासमेत सञ्चालित साना, सझौला तथा ठूला विभिन्न व्यापार, व्यवसायमा लगानी गरी सो सम्बन्धी कामहरु गर्ने लक्ष्य राखिएको अध्यक्ष मेहताले बताउनुभयो । कृषि, व्यापार, होटल, कृषि फर्महरु, विभिन्न खाले नर्सरीलगायत मानिसले गर्ने सबै खाले काम तथा व्यवसायमा लगानी गरिने छ ।

कम्पनीले मध्यस्थताको कार्य अन्तर्गत मुख्यतया संस्थाहरुले तयार गरेको तर मौद्रिक मध्यस्थताको बाहेकका जवानी राखेर कर्जा दिने, बैंकिङ प्रणालीभन्दा बाहिर गई लगानी गर्ने प्रस्तावना राखेर कृषि फार्म तथा सोसम्बन्धी कार्यमा लगानी गर्ने कामहरु गर्ने जनाइएको छ ।
कम्पनीको मुख्य उदेश्य भनेको सेयर बजारको बारेमा चेतनामूलक काम गर्ने, सर्वसाधारणलाई सेयर बजारमा आउन प्रोत्साहन गर्ने, सेयर बारेमा नकारात्मक धारणा हटाउने नै रहेको छ ।

कम्पनी स्थापनाको अवसरमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रदेश १ को राजधानीमा स्थापना भएको कम्पनीले सेयर बजारको क्षेत्रमा राम्रो काम गर्नेमा आफू विस्वस्त रहेको बताउनु भएको थियो । युवाहरु सक्रियतामा स्थापना भएको कम्पनीले धेरै युवाहरुलाई रोजगारीको अवसर सिर्जन गर्ने अपेक्षा मेयर पराजुलीको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्