राखेपद्वरा समवेदान ब्यक्त

राखेपद्वरा समवेदान ब्यक्त

विराटनगर । राष्ट्रिय खेलकुद परिषद् अन्तरगत झपा जिल्ला खेलकुद विकास समितिमा कार्यरत तेक्वान्दो सहायक प्रशिक्षक स्व. दीपक खवासको निधनमा राष्ट्रिय खेलकुद परिषद्ले समवेदना ब्यक्त गरेको छ ।
खवासको कोभिड १९ संक्रमणका कारण श्रावण १७ गते असामयिक निधन भएको हो । परिषदले मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने क्षमता प्राप्त होस् भनि समवेदना ब्यक्त गरेको छ ।

ईलाम जिल्ला रोङ गाउँपालिका कुटिडाँडामा २०२९ साल फागुण ८ गते जन्मिएका सहायक प्रशिक्षक खवास २०५१ सालमा राष्ट्रिय खेलकुद परिषदमा करारको रुपमा सेवा प्रवेश गर्दै २०६१ सालमा स्थायी भई सहायक प्रशिक्षकको रुपमा कार्यरत रहेका थिए । स्व. खवासका श्रीमती दुई छोरा र छोरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्