विराटनगरमा बिद्युत आपूर्तीमा देखिएको समस्या हल गर्न उद्योगी–व्यवसायीको माग

विराटनगरमा बिद्युत आपूर्तीमा देखिएको समस्या हल गर्न उद्योगी–व्यवसायीको माग

विराटनगर । पूर्वका उद्योगी–व्यवसायीले पछिल्लो समय बिद्युत आपूर्ति प्रणालीमा आएको समस्याको अन्त्य हुनुपर्ने माग गरेका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोरमा बिद्युतको समस्याका कारण उद्योगहरुको उत्पादन क्षमतामा ह्रास आएको बताउँदै तत्काल समस्या हल गर्न माग गरिएको हो ।

चारवर्ष यता बिद्युत आपूर्ति सहज बनेको भएपनि पछिल्लो तीन महिनायता विराटनगर, कटहरी, बुढीगंगा लगायतका क्षेत्रमा अनियमित, ट्रिपिङ र न्यूभोल्टेजको समस्याले हैरान पारेको भन्दै सम्बन्धित कार्यालयका प्रमुखसँग प्राविधिक समस्या हल गरिनुपर्ने माग गरिएको छ । मोरङ व्यापार संघले नेपाल बिद्युत प्राधिकरण प्रादेशिक तथा विराटनगर वितरण केन्द्रका प्रमुखसँग बिद्युत समस्याको बारेमा छलफलको आयोजना गरेर ध्यानाकर्षण गराइएको हो ।

संघमा आयोजित कार्यक्रममा उद्योगी–व्यवसायीले बिद्युत आपूर्ति प्रणाली असहज हुन थालेपछि औद्योगिक उत्पादनमा त्रुटी देखिन थालेको भन्दै गुनासो पोखेका छन् । नेपाल बिद्युत प्राधिकरण प्रादेशिक कार्यालयका प्रमुख टेकनाथ तिवारी, विराटनगर वितरण केन्द्रका प्रमुख मिथिलेशकुमार गोहिवारसँग उद्योगी–व्यवसायीले समस्या पहिचान गरेर तत्काल हल खोजिदिन माग गरेका थिए ।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले अभावैअभावकाबीच चारवर्ष अगाडीदेखि सुधारिएको आपूर्ती प्रणालीमा पछिल्लो तीन महिनायता बिग्रनुपर्ने कारण बारे प्राधिकरणका प्रमुखले जिम्मेवारी लिनुपर्ने बताउनु भएको थियो । करिडोर अन्तर्गत कटहरी गाउँपापिलकासहित आसपासका क्षेत्रमा ३३ केभिए प्रणारण लाइन भएपनि ट्रिपिङ, न्यून गुणस्तर तथा अनियमित विद्यूत आपूर्तिका कारण उद्योगहरु चलाउन नसक्ने स्थिति भएको अध्यक्ष मुन्दडाको गुनासो छ ।

विद्युत ट्रिपिङ्ग एवं भोल्टेजको घटबडका कारण उद्योगका विद्युतीय उपकरणहरुमा क्षतिपुग्ने, उत्पादनको प्रक्रियामा रहेका एवं आवश्यक तापक्रम कायम गरी राखिएका कच्चा पदार्थहरु खराब भई खेर जाने क्रम बारम्बार भईरहेकोले त्यसको व्ययभार थाम्न नसक्ने अवस्था आएको उद्योगी पवन कुमार सारडाको गुनासो छ ।

विद्युत आपूर्तिको समस्याले करिडोरकै उत्पादकत्वमा ह«ास भईरहेको र निर्यात गर्नुपर्ने वस्तुमा डिफल्ट आउने गरेको गुनासो उनीहरुको छ । नेपाल बिद्युत प्राधिकरण प्रादेशिक कार्यालयका प्रमुख टेकनाथ तिवारीले बिद्युतमा देखिएको समस्या समाधानका लागि पहल लिने धारणा राख्नु भएको छ । उहाँप्र देशस्तरबाट गर्न सकिने काममा ध्यान दिने र आवश्यकता अनुसारको व्यवस्था मिलाउन केन्द्रसँग सहयोग लिने प्रतिवद्धता जनाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्