बिएस्सी सिएसआईटीमा एम्सको उत्कृष्ट नतिजा

बिएस्सी सिएसआईटीमा एम्सको उत्कृष्ट नतिजा

विराटनगर । विराटनगर–९ कलेज रोडमा रहेको एम्स कलेजले बिएस्सी सिएसआईटीको २०७६को पहिलो सेमेस्टारमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा अध्यापन भइरहेको यस विषयको हालै प्रकाशित नतिजा अनुशार एम्सका २३ जना विद्यार्थीमध्ये १८ जना उत्कृष्ट अंक ल्याउदै उत्तिर्ण भएका छन् ।

जुन परिक्षा दिने विद्यार्थी मध्ये करिब ८० प्रतिशत हो । क्याम्पस प्रमुख सिएम बस्नेतका अनुशार एउटा कलेजबाट यति धेरै प्रतिशत विद्यार्थी उत्तिर्ण हुनु गौरवको बिषय हो । जुन प्रायः आउदैन । उहाँले सम्भवत प्रदेशभरिबाट नै सवैभन्दा राम्रो नतिजा एम्सको आएको हुनसक्ने सम्भावना रहेको बताउनुभयो ।

एम्स यसअघि पनि बिएस्सी सिएसआईटीमा २०७१ र ०७२ सालमा लगातार प्रदेश प्रथम भएको थियो । २०५९ सालमा स्थापना भएको यो शिक्षणसंस्थामा २०७० सालदेखि बिएस्सी सिएसआईटीको अध्यापन हुँदै आएको छ । यसको अध्ययन शुरु भएयता सधै उत्कृष्ट नतिजा आइरहेको क्याम्पस प्रमुख बस्नेतले बताउनुभयो । एम्स कलेजमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बिएस्सी सिएसआईटीसँगै बिबिएस, बिएचएम र बिएका बिषयहरु अध्यापन गराईन्छ ।

करिब ७ सय विद्यार्थी अध्ययन गर्ने एम्स कलेजले पछिल्लो समय भौतिक पूर्वाधारमा समेत जोड दिँदै आएको छ । पछिल्लो समय नयाँ व्यवस्थापनसहित सञ्चालन भइरहेको यो कलेजलाई प्रदेशकै उत्कृष्ट बनाउने लक्ष्य लिइएको प्रमुख बस्नेतले बताउनुभयो । ‘सिकाई र कमाई एकैसाथ’भन्ने नारालाई आत्मसाथ गर्दै अघि बढेको यस कलेजले अध्ययनरत विद्यार्थीले पढ्दै कमाउन सक्ने वातावरण निर्माण गर्न तारे होटल, लाईभ बेकरी तथा कफी हाउस सञ्चालन गर्दै छ । यस्तै चाँडै आफ्नै आईटी कम्पनी स्थापना गरेर विद्यार्थीकै प्रत्यक्ष सहभागितामा सञ्चालन गर्ने तयारी गरेको छ । क्याम्पस प्रमुख बस्नेत भन्नुहुन्छ,‘करौडौंको लगानीमा होटल, बेकरी तथा आइटी कम्पनी सञ्चालन गर्नुको कारण भनेकै विद्यार्थीलाई सैद्धान्तीक र व्यवहारीक शिक्षा एकसाथ दिनु हो ।’

उहाँले एम्समा अध्ययन गर्ने विद्यार्थी हरेक क्षेत्रबाट अब्बल हुनेमात्र नभई विश्वका जुनसुकै स्थानमा प्रतिष्पर्धाबाट उत्कृष्ट हुनुपर्छ भन्ने मान्यता कलेजको रहेको बताउनुभयो । शान्त वातावरणमा अध्ययापन हुने यस कलेजले स्थापनादेखि हालसम्म विश्वविद्यालयले दिएको कोटा पूरा गर्दै आएको छ ।
प्रदेशकै नमूना शिक्षण संस्थाको रुपमा विकास भइरहेको एभरेष्ट एजुकेशन फाउण्डेसन भित्र रहेको एम्स कलेजले पछिल्लो समय सवै कक्षाकोठालाई वातानुकुलित बनाएको छ । भौतिक पूर्वाधार पनि अन्तर्राष्ट्रिय स्तरकै हुनुपर्छ भन्ने मान्यताका साथ सिकाई पनि विश्वस्तरीय बनाउनकै लागि होटल सँगै करौडौंको लगानीमा बेकरी तथा कफी हाउस सञ्चालनमा ल्याएको हो ।

त्यहाँ प्रविधिको उच्चतम प्रयोग गर्दै स्वचालित उपकरणबाट ग्राहकको चाहना अनुशारका परिकार आफ्नै आँखा अगाडि तयार गरेर दिइने व्यवस्था मिलाइएको कलेज तथा एभरेष्ट एजुकेशन फाउण्डेसनका प्रबन्ध निर्देशक टीकाराम पुरीले बताउनुभयो । ‘हामी फाउण्डेसनभित्र रहेका सवै शिक्षणसंस्थाको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर विश्वस्तरीय बनाउन चाहन्छौं,’उहाँले भन्नुभयो,‘ताकि हरेक क्षेत्रमा हाम्रा विद्यार्थी विश्वभर प्रतिष्पर्धा गर्न सकुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्