विराटनगर क्षेत्रका विद्यालयले अनलाइन कक्षाको ५० प्रतिशत मात्रै शुल्क लिनुपर्ने निर्देशन

<span class='c1'>विराटनगर क्षेत्रका विद्यालयले अनलाइन कक्षाको ५०</span> <span class='c2'>प्रतिशत मात्रै शुल्क लिनुपर्ने निर्देशन</span>

विराटनगर । विराटनगर महानगरपालिकाले कोभिड–१९ का कारण बन्द रहेका विद्यालयलाई विद्यार्थीका अभिभावकबाट ५० प्रतिशत मात्रै शुल्क असुल गर्न निर्देशन गरेको छ । महानगर क्षेत्रका सबै संस्थागत विद्यालयलाई पत्र काट्दै साविक स्थितिको शुल्क परिमार्जन गरेर अभिभावकसँग ५० प्रतिशत मात्रै असुल गर्नका लागि आग्रह गरेको हो ।

विद्यार्थीहरुले अनलाइन कक्षा लिईरहेको अवस्थामा भौतिक उपस्थिति भएकै अवस्थाको शुल्क नअसुल्न महानगर शैक्षिक प्रशासनले निर्देशन गरेको छ । ५० प्रतिशत शुल्क लिदाँ समेत अभिभावकको सहमति लिनुपर्ने निर्देशनमा भनिएको छ । महामारीका कारण अभिभावकले समेत रोजगारी गुमाएको, व्यापार–व्यवसायमा ह्रास आएको भन्दै मासिक शुल्क आधा मात्रै लिनका लागि निर्देशन गरिएको छ ।
महानगर भित्रका सबै संस्थागत विद्यालयलाई पत्र काट्दै अभिभावक र व्यवस्थापन पक्षसँग समेतको उपस्थितिमा अनलाइन कक्षाको शुल्क निर्धारण गरिने उल्लेख गरेको छ । तर, त्यस अगाडी ५० प्रतिशतमा नबढ्ने गरि शुल्क असुल गर्न महानगर शैक्षिक प्रशासन प्रमुख दुर्गाप्रसाद खतिवडाले निर्देशन गर्नु भएको हो ।

विद्यालय सञ्चालकले महामारी अगाडी सरहकै शुल्क अभिभावकबाट लिदैं आएका छन्, नगर शिक्षा प्रमुख खतिवडाले भन्नुभयो–यो अभिभावकले थेग्न नसक्ने गुनासो बढ्दै गएकोले ५० प्रतिशत मात्रै लिनका लागि निर्देशन गरेका हौं । यो निर्देशन संस्थागत विद्यालयका सबै तहका कक्षाहरुमा लागुपर्ने खतिवडाले बताउनुभयो ।

महानगरले शुल्कको विषयमा सार्वजानिक सूचना समेत जारी गरेको छ । अभिभावकलाई जानकारी गराउँन सूचना जारी गर्दै महानगरले विद्यार्थी संगठनहरुले समेत शुल्कको विषयमा ध्यानाकर्षण गराएकोले शुल्क परिमार्जन गरेर लिन आग्रह गरिएको जानकारी गराएको छ ।
महानगरले निर्धारण गरेको शुल्कको विषयमा भने निजी तथा आवासीय विद्यालय अर्गनाईजेशले भने अमान्य भन्दै अस्वीकार गर्ने बताएको छ । कुनै छलफल नै नभईकन महानगरले शुल्क निर्धारण गरेको बताउँदै त्यसलाई मान्न नसकिने प्रतिक्रिया जनाएको हो । प्याब्सनको महानगरका अध्यक्ष इन्द्र राईले गतवर्षको शुल्क नबढाईकन लिने सहमति दिएको महानगरले अहिले त्यससँग बाँझिने गरि परिपत्र गरेको बताउनुभयो । उहाँले कक्षा ११ र १२ का विद्यार्थीको शुल्कको विषयमा मात्रै ध्यानाकर्षण गराएको भन्ने आफूहरुले बुझेको बताउँदै त्यस बाहेकमा महानगरले सहमति दिईसकेको जिकीर गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्