नेपालमै पहिलो पटकब्रिटिस कलेजले पायो ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता

<span class='c1'>नेपालमै पहिलो पटकब्रिटिस कलेजले पायो</span> <span class='c2'>ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता</span>

काठमाडौँ

काठमाडौँको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले एक स्वतन्त्र उच्च शिक्षा प्रदायकको रूपमा ब्रिटिस मान्यता परिषद (ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता पाएको छ । लामो समयदेखि नेपालमा युनिभर्सिटी अफ वेष्ट इंग्ल्याड तथा लिड्स बेकेट युनिभर्सिटीको सम्वन्धनमा शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आएको टीबीसीले बीएसीको मान्यता पाएको हो ।

यससँगै टीबीसी नेपालमा ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता प्राप्त गर्ने पहिलो कलेज बनेको छ । बीएसीको टिमले कलेजको हरेक पक्षलाई शुक्ष्म ढंगले अध्ययन तथा अनुसन्धान गरेर टीबीसीलाई मान्यता दिएको हो । बीएसी आफैमा पनि प्रतिष्ठित संस्था रहेको कारणले गर्दा सामान्य त्रुटीहरु भेटिए पनि शैक्षिक संस्थाहरुलाई आफ्नो मान्यता दिँदैन । ब्रिटिस कलेजले पनि हरेक पक्षमा ध्यान दिएको कारणले गर्दा कठिन तरिकाले मान्यता प्राप्त गरेको हो ।

बीएसीले शैक्षिक संस्थाहरुलाई मान्यता प्रदान गर्नको लागि कलेजको भौतिक संरचना, विद्यार्थी, कर्मचारी लगायतका विषयहरुको जाँच गरेको थियो । टीबीसीले विद्यार्थी तथा कर्मचारीहरुलाई दिएको सुविधा, पाठ्यक्रम, कर्मचारीहरु, बिभिन्न विभागहरु, भवनको संरचना, अनलाइन सेवा सुविधाहरु, विद्यार्थी भर्ना प्रकृया, विद्यार्थीहरुको लागि अतिरिक्त क्रियाकलाप तथा रोजगारीका अवसरहरु प्रदान गरेको कारण बीएसीको मान्यता पाएको हो । यससँगै बीएसीले टीबीसीको साझेदार संस्थाहरु, सल्लाहकार समिति, सहयोगी प्यानलहरुको समूह लगायतको पनि जाँच गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्