विराटनगरका अस्पतालै पिच्छे रेडियोलोजीको फरक–फरक रिपोर्ट

विराटनगरका अस्पतालै पिच्छे रेडियोलोजीको फरक–फरक रिपोर्ट

प्रेम देवान
विराटनगर । पछिल्लो समय विराटनगरमा रहेका अस्पतालका रेडियोलोजी र ल्याबहरुले चरम लापारर्वाही गर्ने गरेको भेटिएको छ ।
विराटनगर–६ हाजिचौक घर भएका ४९ वर्षिय अफजल हुसेन (गुल्जर) ले गरेको भिडियो ए–क्सरे रिपोर्ट फरक–फरक आएपछि रेडियोलोजीहरु विभागको परीक्षणमा गम्भीरता नदेखिएको हो ।

फरक–फरक अस्पताल र क्लिनिकमा गरिएको रेडियोलोजी परीक्षणमा एउटै समस्या भएका विरामीको फरक–फरक रिपोर्ट दिएका कारण बिरामी मानसिक तनावमा छन् । हुसेनले गरेको भिडियो ए–क्सरे रिपोर्ट फरक–फरक आएको छ । विराटनगरमा रहेका दुई ठूला अस्पताल र एउटा रेडियोलोजीले विरामीलाई फरक फरक रिपोर्ट दिएको पाइएको हो ।
विराटनगरस्थित कोशी अस्पतला, विराट नर्सिङ्ग होमको रेडियोलोजी विभाग र हस्पिटल चौकमा रहेको गुणराज कार्की स्मृति अल्ट्राउण्ड डायग्नोसिस क्लिनिकले विरामीको रिपोर्ट फरक फरक दिएको भेटिएको छ ।

हुसेनले गत २१ साउनमा ढाड अत्याधिक दुखाइ भएपछि भोलीपल्ट २२ साउनमा विराटनगरस्थित कोशी अस्पताल गएका थिए ।
‘हस्पिटल गएको दिन कोशीको रेडियोलोजी विभागमा पर्याप्त चिकित्सक नभएको भन्दै भिडियो ए–क्सरे नभएपछि २३ साउनमा विराटनगरको हस्पिटल चौकमा रहेको गुणराज कार्की स्मृति अल्ट्रासाउण्ड डायग्नोसिस क्लिनिकमा गएर भिडियो ए–क्सरे गरे ।
ए–क्सरे १ हजार रूपैयाँ दिए । रिपोर्टमा १८।७ एमएमको पथरीया पिसाब नलीमा रहेको देखायो,’ उनले भने, ‘गुणराजमा गरिएको अल्ट्रासाण्डमा चित्त नबुझेपछि कोशी अस्पतालको ल्याबमा २६ साउनमा गए ।’

दुई दिन कोशीमा धाएर गराएको भिडियो ए–क्सरे रिपोर्टमा पथरीया नभएको रिपोर्ट आएपछि उनी आर्चय चकित भए । ‘तीन दिन अगाडी गुणराज कार्की स्मृति अल्ट्रासाउण्डमा गराउँदा १८.७ एममको पथरीया रहेको रिपोर्ट आएको छ ।
कोशीमा गर्दा केही नभएको रिपोर्ट पाएपछि मानसिक समस्यामा परे,’ उनले भने, ‘त्यसपछि उनी नोबल अस्पताल पुगेका थिए । नोबेलका स्वास्थ्यकर्मीले विराट नर्सिङ्ग होम जान सुझाब दिए । बुधबार विराटमा गएर भिडियो ए–क्सरे गर्दा १७.१ एममको पथरीया रहेको रिपोर्ट दियो ।’ दुई वटा ल्याबले दिएको रिपोर्ट फरक–फरक आएपछि पुन सरकारी अस्पताल कोशीमा बिहीबार गए । कोशीमा गराएको रिपोर्टमा २०.१ एमएमको पथरीया पिसाब नलीमा रहेको रिपोर्टमा आएको उनले बताए । ‘यसरी रेडियोलोजी विभाग पिच्छे फरक फरक रिपोर्टले हरौनी मात्र पाइन मानसिक समस्या झेल्नु परेको छ,’ अस्पतालका ल्याबले दिएको रिपोर्ट हेर्दै उनले भने, ‘अब कुन ल्याबले दिएको रिपोर्टलाई आधार मानेर थप उपचार गर्नु । मत हैरानीमा परेको छु ।’

यता कोशी अस्पतालका रेडियोलोजी विभागका रेडियोलोजिष्ट डा. राजा सुवालले कतिपय अल्ट्रासाउण्ड गर्दा खाना खाएर विरामी आउँदा ग्यासको कारणले पनि सही रिपोर्ट नआउने गरेको बताए । ‘भिडियो ए–क्सरे गराउनुभन्दा अगाडीे पिसाब निकालेका कारणले गर्दा पनि रिपोर्ट सही नआउन सक्छ,’ उनले भने, ‘त्यही भएर अल्ट्रासाउण्ड गर्दा सबै कुरा बिचार पु¥याएर गर्नुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्