तस्बीरमा मिस नेपाल नर्थ अमेरिका २०२१

तस्बीरमा मिस नेपाल नर्थ अमेरिका २०२१

अमेरिकामा रहेका नेपालीहरुले सन् २०१७ देखि मिस नेपाल नर्थ अमेरिका व्यूटी पेजेन्ट आयोजना गर्दै आएका छन् । सन् २०२१ मा पनि यस व्यूटि पेजेन्ट न्यूयोर्क शहरमा भव्यतापूर्ण रुपमा आयोजना भएको छ । अमेरिकामा बसोवास गर्ने नेपाली मुलका चेलीहरुका लागि सर्वाधिक ठुलो व्यूटि पेजेन्टका रुपमा मिस नेपाल अर्थ अमेरिकालाई लिने गरिन्छ । नेपाली कला, संस्कृति, भाषा र शैलीलाई अन्तराष्ट्रिय जगतमा प्रर्वधन गर्ने हेतुले आयोजना गरिने यस व्यूटी पेजेन्टको विजेताले नेपाल पर्यटन वोर्डको गुडविल एम्वेसेडरको उपाधी पनि पाँउदछन् ।

न्यूयोर्कमा सम्पन्न मिस नेपाल नर्थ अमेरिका२०२१ उत्तर अमेरिका नेपाल सुन्दरी प्रतियोगिताकि बिजेता भनें गरिमा ज्ञवाली बनेकी छिन ।
२८ वर्ष भन्दा कम उमेरका नेपाली समुदायका अमेरिकामा वसोवास गर्ने अविवाहित युवतीहरुले भर्चुअल्ली यस व्यूटी पेजेन्टमा आवेदन दिन पाउने प्रावधान रहन्छ । सन् २०२१ मा भनें न्यूयोर्ककी गरिमा ज्ञवालीले १७ जना प्रतियोगीलाई हराउदै मिस नेपाल नर्थ अमेरिका(२०२१ को ताज पहिरिएकी हुन् । प्रथम बिजेतामा याङ्गछेन लामा तथा तथा द्वितीय बिजेता सुभेच्छा निरौला भएका छन ।
यसको साथै मिस ट्यालेन्टमा रोशिका गजमेर, मिस कम्युनिटी आउटरिचमा एलिना राइ, मिस पपुलरमा नग्मा गुरुङ्ग मिस स्माइलमा निमिका थापा, मिस वेस्ट ड्रेसमा सेलिषा नेपाल, मिस पर्सोनालिटीमा गरिमा ज्ञवाली, मिस डिसीप्लिनमा सुप्रिता फुयाल, मिस क्याटवाकमा दिना केसी, मिस पर्सनालिटीमा गरिमा ज्ञवाली, मिस राईजिगं स्टारमा अलिशा गुरुङ्ग, मिस वेस्ट स्किनमा चाँदनी लामा, मिस बेस्ट हेयरमा मुना नेपाल, मिस बेस्ट फिजिक्समा उर्जा केसी, मिस बेस्ट हेरिटेजमा जेनी रावत लगायतलाई प्रदान गरिएको थियो ।
अगस्ट १ देखि अगस्ट ६ सम्म प्रतियोगीहरुको तालिम चलेको थियो भने अगस्त ७ का शनिवारका दिन न्युओर्कको तिब्बती सामुदायिक केन्द्रमा हलमा विजेता तथा अन्यको घोषणा गरिएको हो । १८ जना प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्य तथा क्यानडा समेतबाट सहभागिता भएका थिए । पहिलो चरणमा १८ जना प्रतियोगीहरु परिचयात्मक प्रस्तुति पश्च्यात दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणमा पुगेका १० जना मध्ये अन्तिम चरणमा ५ जना पुगेका मध्ये मिस नेपाल नर्थ अमेरिका २०२१ का बिजेता, प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।
प्रतियोगिताको लागि पूर्व नेपाल सुन्दरीहरु क्रमस शृंखला खतिवडा ,सदीक्षा श्रेष्ठ, मनिता देवकोटा, मलिना जोशी तथा साहना वज्राचार्यले सहभागिता जनाएका थिए । सन् २०१८ की मिस नेपाल वर्ल्ड ९नेपाल विश्व सुन्दरी० शृखला खतिवडा अफिसियल मेन्टर ९आधिकारिक परामर्शदाता० तथा मुख्य निर्णायक रहेकी थिईन । सदिक्षा श्रेष्ठ कोरियोग्राफर ९आधिकारिक सम्पूर्ण प्रशिक्षण० तथा सन् २०१८ कि नेपाल ब्रम्हाण्ड सुन्दरी मनिता देवकोटा प्रशिक्षकको रुपमा भूमिका निर्वाह गरेकी थिईन ।
साहना वज्राचार्य कार्यक्रम प्रस्तोताको भूमिका निर्वाह गरेकी थिइन् । यस्तै गरि निर्णायकहरुमा निर्माता तथा निर्देशक आशिष प्रसाई , चर्चित कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी, , सवु गदाल कार्की, मोनिका घले, मलिना जोशी, डा।सुलोचना गुरुङ, पूर्ण लामा, पशुपति श्रेष्ठ तथा अधिवक्ता बासु फूलारा रहेका थिए ।
उक्त प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने राखिएको थियो । ११ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू रहेको मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहका संस्थापक अध्यक्ष शैलेश श्रेष्ठ हुन् । उक्त प्रतियोगिताले नेपालको संस्कृति र पहिचानलाई विश्वसामु चिनाउँदै जाने र यस्ता प्रकारका कार्यक्रम हरु भावी दिनमा अझै मजबुद र अब्बल रुपमा सञ्चालन गर्दै जाने कुरा अध्यक्ष शैलेश श्रेष्ठले जानकारी दिए।
सम्पूर्ण निर्णायकहरुलाई न्यूयोर्क सिटि काउन्सिलले उहाहरुको कडा मेहनत र सफलताको कदर गर्दै सम्मान स्वरुप कदर पत्र प्रदान गरेको छ । साथै संस्थाका संस्थापक अध्यक्ष सैलेश श्रेष्ठले आशिष प्रसाइलाई “गेस्ट अफ अनर” को सम्मान समेत गरेका थिए । निर्णायकका रुपमा अमेरिका पुगेका आशिष प्रसाँई ले नेपाली कला र संस्कृतिलाई विश्वव्यापी मञ्चमा लैजानका लागि भिडियो मेकिंग अनि प्रविधीको माध्यमले धेरै योगदान गरेका छन् । नेपाली सनातन धर्म संस्कृति को भिडियो डकुमेन्टेशन र नेपाली खेलकुद प्रर्वधनका लागि आशिष प्रसाँईको योगदानका लागि कदर स्वरुप उक्त सम्मान प्रदान गरिएको हो ।
साथै संस्थाको निर्देशकहरु दीपक श्रेष्ठ, कपिल भट्ट, विक्रान्त श्रेष्ठ र प्रतिक सुबेदी लाइ उहाहरुको योगदानको सम्मान स्वरूप कदर पत्र प्रदान गरे । बिजेकाहरुको घोषणा भै सकेपछि प्रतियेगीहरुलाई अन्य बिशेष व्यक्तित्वहरु सहित गैर आवासिय नेपाली सॅघ अमेरिकाका अध्यक्ष बुद्धी सागर सुवेदी तथा वरिष्ठ उपाध्यक्ष कृ्ष्ण जीवि पन्थले पुरस्कार वितरण गरेका थिए ।

मिस नेपाल नर्थ अमेरिकाको समारोहका केहि तस्बीरहरु आवर बिराटनगरमा:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्