प्रधानमन्त्री देउवा र जसपाका नेताहरुबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र जसपाका नेताहरुबीच भेटवार्ता

काठमाडौँ

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपालका नेताहरु महन्थ ठाकुुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायतले भेटवार्ता गर्नुुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुले प्रधानमन्त्री देउवासँग मधेसका माग र मुद्दा सम्बोधनको प्रक्रियाबारे चासो व्यक्त गर्नुभएको नेता भण्डारी जानकारी दिनुभयो ।

भेटमा जसपाका नेताहरुले नागरिकता सम्बन्धी विधेयक, मधेस आन्दोलनका मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संविधान संशोधनलगायत माग सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले आफूले संसद्मा विश्वासको मत लिने बेलामा मधेसका माग सम्बोधन गर्ने सम्बन्धमा प्रतिबद्धता व्यक्त गरिसकेको बताउँदै सरकार व्यवस्थित भएपछि माग सम्बोधन प्रक्रिया अघि बढ्ने बताउनुभएको नेता भण्डारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्