महिला कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा विराटनगर–१३ स्थित ट्राइकट इण्डष्ट्रिजका सिईओ चाण्डोक प्रहरी नियन्त्रणमा

महिला कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा विराटनगर–१३ स्थित ट्राइकट इण्डष्ट्रिजका सिईओ चाण्डोक प्रहरी नियन्त्रणमा

विराटनगर । गोल्यान ग्रुप इन्टरप्राइजेजद्वारा विराटनगर–१३ मा सञ्चालित ट्राइकट इण्डष्ट्रिज प्रा.लि.मा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्दै उद्योगका मजदुर तथा कर्मचारी आन्दोलित भएपछि प्रहरीले सिईओलाई नियन्त्रणमा लिइएको छ । गार्मेन्ट उद्योगका सिईओ भारतीय नागरिक संजय चाण्डोकले उद्योगको एचआर (मानव संशाधन) फाँटकी महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्दै उद्योगका सबै श्रमिक तथा कर्मचारी आन्दोलित भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले महिला श्रमिक तथा कर्मचारीमाथि दुव्र्यवहार गर्ने भारतीय नागरिक तथा उद्योगका सिईओ चाण्डोकलाई नियन्त्रणमा लिइएको हो । श्रमिक तथा कर्मचारीले उद्योग परिसरमा आज चाण्डोकलाई कारवाही गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेपछि इलाका प्रहरी कार्यालय रानीको टोलि त्यहाँ पुगेको थियो । तर, श्रमिक तथा कर्मचारीको भीड बढ्दै गएपछि उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयको टोलि समेत त्यहाँ पुगेको थियो । प्रहरी नायव उपरीक्षक एवं जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दिपक श्रेष्ठले उद्योगका सिईओसँग केहि सोधपुछका लागि नियन्त्रणमा लिइएको बताउनुभयो ।

गत जेठमा मात्रै रोजगारीका लागि उद्योगमा हाँजिर भएकी एक महिला कर्मचारीसँग सिईओ चाण्डोकले व्यक्तिगत मामलाका कुराहरु सोधखोज गर्ने, रातीराती फोन गर्ने र काममा चित्त नबुझेको भन्दै दवावमा राख्ने गरेको आरोप पीडित महिलाले गरेकी छिन् । उद्योगी बासुदेवसहित गोल्यान घरानाद्वारा सञ्चालित ट्राइकट इण्डष्ट्रिजका सञ्चालक शक्ति गोल्यान हुन् । अनलाइनबाटै कर्मचारीमा छनौट भएकी महिला गत जेठ ९ गतेदेखि उद्योगमा हाँजिर भएर काम गर्दै आएकी थिइन् । तर, सिईओले राती समेत फोन गरेर टर्चर दिदैं आफूलाई काबुमा राख्न खोजेको पीडित महिलाको गुनासो छ ।

श्रमिक महिलाहरुलाई पटक पटक दुव्र्यवहार गरेपछि उनीहरु बाध्य भएर मंगलबार भने आन्दोलनमा उत्रिएका हुन् । तयारी कपडा उत्पादन गरी विदेश निर्यात गर्दै आएको ट्राइकोट इण्डष्ट्रिजमा ३५० जना भन्दा बढी मजदु्रहरु कार्यरत छन् ।
उद्योगमा पहिले यस प्रकारको समस्या थिएन । तीनवर्ष अघि चाण्डोक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा आएपछि महिला मजदुरहरु दुव्र्यवहारमा पर्न थालेक थिए । श्रमिक महिलाहरुले उनलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै प्रदर्शन गर्न थालेपछि उनी विरुद्ध त्यहाँ कार्यरत सबै श्रमिक तथा कर्मचारीले नाराबाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्