अफगानीस्तानबाट १ सय १८ नेपाली फर्किए स्वदेश: अमेरिकाले गर्यो उद्धार

अफगानीस्तानबाट १ सय १८  नेपाली फर्किए स्वदेश:  अमेरिकाले गर्यो उद्धार

अतिवादी धार्मिक संगठन तालिबानले नियन्त्रणमा लिएको अफगानिस्तानमा रहेका नेपालीहरुमध्ये पहिलो चरणमा एक सय १८ जना नेपालीहरुको समुह आज काठमाडौं आइपुगेका छन्।
काबुलस्थित अमेरिकी दूतावासमा तथा उसको गठबन्धन देशसँग काम गरेका नेपालीलाई अमेरिकाले कुवेत हुदै जजिरा एयरलाइन्सको चार्टर्ड विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं ल्याएको हो ।

नेपाल अवतरण गरेका सबै आज बिहान १० बजेर १६ मिनेटमा विमानस्थल आइपुगेका हुन् । उनीहरूलाई काठमाडौंस्थित अमेरिकी दूतावासका कमर्चारीहरुले विमानस्थल पुगेरै स्वागत गरेका थिए । यस विषयमा ट्विट मार्फत जानकारी दिदै काठमाडौं स्थित अमेरिकि दुतावासले लेखेको छ:

काबुलस्थित अमेरिकी मिशनमा कार्यरत हाम्रा साथीहरू तथा गठबन्धनका सहकर्मीहरूसँग काम गर्नुभएका नेपालीहरू मध्ये पहिलो उडानमार्फत आउनुहुनेलाई सकुशल काठमाडौंमा स्वागत गर्न पाउनु हाम्रो लागि सम्मानको विषय हो। हामी यहाँहरूको सुरक्षा लगायतको सेवाको लागि अत्यन्तै कृतज्ञ छौं। धेरै धन्यवाद।

द्वन्दग्रस्त अफगानिस्तानका विभिन्न देशका नियोगमा कार्यरत रहेका नेपालीको उद्धारमा सहयोग गर्नका लागि नेपाल सरकारले ति देशहरुलाई अनुरोध सहित औपचारिक पत्र पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै आँफै गएर सुरक्षित ग्रिन जोन भन्दा बाहिर काम गरिरहेका नेपालीहरुको तथ्याकं संकलन गरिरहेको मन्त्रालयले जनाएको छ । तथ्याकं आएपछि सरकारले निर्णय गरि जहाज पठाउने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्