पाटन दरबार क्षेत्रमा बिना मास्क प्रवेश निषेध

<span class='c1'>पाटन दरबार क्षेत्रमा बिना</span> <span class='c2'>मास्क प्रवेश निषेध</span>

ललितपुर

विश्वसम्पदा सूचिमा सुचिकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिना मास्क प्रवेश निषेध गरिएको छ । महानगरपालिकाले दरबार परिसरमा भीड हुने जनाउँदै मङगलबार देखि सो व्यवस्था गरेको हो ।

नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भन्नुभयो, “हामीले पाटन दरबार छिर्ने तीन स्थानमा बिनामास्क प्रवेश निषेधको जनचेतनामूलक बोर्ड राख्नुका साथै गरिब तथा वृद्धवृद्धालाई मास्क र स्यानिटाइजरसमेत वितरण गरिरहेका छाँै ।”

मास्क नलगाएका व्यक्तिलाई बोलाएर कोरोनाको ख्याल गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाव दिने गरेको उहाँले जानकारी दिनुभयो । महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले कोरोना सङ्क्रमणलाई अन्त्य गर्न जनस्वास्थ्यका मापदण्ड पालनामा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्