पितृको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

<span class='c1'>पितृको स्मृतिमा विद्यालयमा</span> <span class='c2'>अक्षयकोष स्थापना</span>

कमल गाउँपालिका

कमल गाउँपालिका–७ विष्णुकठ्ठा स्थित सिंहदेवी आधारभूत विद्यालयमा स्थानीय एक परिवारले आफ्ना पिृतको स्मृतिमा रु एक लाख ५० हजार ५ सय ५५ को अक्षयकोष स्थापना गरेका छन् । स्थानीय शान्ता केरुङ लिम्बूकी आमा स्व गौमाया लिम्बू र बहिनी स्व हेमकुमारी लिम्बूको स्मृतिमा उनका परिवारजनले विद्यालयमा उक्त कोष स्थापना गर्नुुभएको हो ।

विद्यालयमा आज संक्षिप्त कार्यक्रम गरी दाता परिवारले उक्त कोषको रकम दाता परिवारकी छोरी अमृता केरुङले विद्यालयकी प्रधानाध्यापक इन्दिरादेवी खनाललाई हस्तान्तरण गर्नुभयो । विद्यालयमा हालसम्म विभिन्न्न व्यक्तिबाट गरिब तथा जेहेन्दार विद्यार्थी लक्षित आठवटा अक्षयकोष स्थापना भएको विद्यालयका प्रधानाध्यापक खनालले बताउनुभयो । विसं २०३० मा स्थापना भएको उक्त विद्यालयले यस वर्षदेखि अङ्ग्रेजी र नेपाली दुवै विषयमा कक्षा ६ सम्मको पठनपाठन हँुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्