लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेडको प्रदेश दुईमा मार्केटिङ सब-मिट सम्पन्न भएको छ । सहभागीहरुलाई मार्केटिङ्ग सम्बन्धि तालिम कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले प्रदान गर्नु भएको थियो ।
सो अवसरमा नायव प्रमुख कार्यकारी अधिकृत भट्टराईका साथै प्रशासन प्रमुख किरण मुढभरी, प्रदेश नं १ का क्षेत्रीय प्रबन्धक अभिषेक बराल र प्रदेश २ का क्षेत्रीय प्रबन्धक निशान्त लामिछानेको समेत उपस्थिति रहेको थियो ।
बर्दिबास स्थित होटल गुन्जा आयोजित कार्यक्रममा लहान, जनकपुर, चपुर, हेटौंडा, बिरगंज, बर्दिबास लगायतका प्रदेश २ भरिका शाखाबाट प्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।