थप २ हजार ५२५ जनामा कोरोना सङ्क्रमणः ३५ जनाको मृत्यु

<span class='c1'>थप २ हजार ५२५ जनामा</span> <span class='c2'>कोरोना सङ्क्रमणः ३५ जनाको मृत्यु</span>

पछिल्लो २४ घण्टामा दुई हजार ५२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या आठ लाख ३१ हजार ९६८ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार ९०९ जनाको पीसीआर परीक्षणमा दुई हजार २० तथा चार हजार ९०१ जनाको एन्टिजेन परीक्षणमा ५०५ जना गरी कूल दुई हजार ५२५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा दुई हजार ८६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सात लाख दुई हजार १८३ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३ दशमलव पाँच प्रतिशत रहेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार २५० रहेको छ । देशभर ६२० सङ्क्रमितको सघन उपचार कक्षमा तथा १७० सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाविरुद्धको पहिलो खोप लगाउनेको सङ्ख्या ४९ लाख ४३ हजार ७३२ तथा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ३८ लाख ५७ हजार ५९८ पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट थप ३५ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ५६८ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्