‘महानगर बहुप्राविधिक शिक्षालय’ मा नयाँ भर्नाका लागि आबेदन फारम खुल्यो

‘महानगर बहुप्राविधिक शिक्षालय’ मा नयाँ  भर्नाका लागि आबेदन फारम खुल्यो

विराटनगर

आकृति रानी फुयल

सिटिइभिटि र विराटनगर महानगरपालिकाको साझेदारीमा विराटनगरमा संचालित ' महानगर बहुप्राविधिक शिक्षालय' मा भर्ना खुलेको छ।

विराटनगर महानगरपालिकाले स्थानीय स्तरमा दक्ष प्राविधिक जनशक्ति अझै विकास गर्ने उद्धेश्यले सिटिइभिटिसंग साझेदारी गर्दै 'महानगर बहुप्राविधिक शिक्षालय ' संचालनमा ल्याएको विद्यालयका प्रधानाध्यापक परिवेश पराजुलीले जानकारी दिए । उक्त शिक्षालयमा नियमित पठनपाठन शैक्षिक सत्र २०७७ बाट शुरु गरिएको थियो ।

यस शिक्षालयमा कोरोना महामारीका समयमा पनि अनलाइनको माध्यमबाट नियमित पठनपाठन गराइएको र आउँदा दिनमा स्थानीय स्तरका लागि महानगरले सोचेजस्तो दक्ष जनशक्ति उत्पादान गराउन आफुहरु सफल हुने आशा लिएको उनले बताए।

डिप्लोमा इन सिभिल इन्जिनियरिंग , डिप्लोमा इन आर्कीटेक्चर इन्जिनियरिंग, डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियारिंग र डिप्लोमा इन जियोम्याटीक्स इन्जिनियरिंग गरि शिक्षालयमा चारवटा संकायमा पढाइ हुदैं आएको छ।
प्रत्येक संकायमा ४८ जना विधार्थीको कोटा रहेको छ भने १० प्रतिशत सिट आरक्षण विराटनगरवासी बिध्यार्थिहरुका लागी छुट्याइएको पराजुलीले जानकारी दिए।
त्यसैगरी ३ वर्षे कोर्ष रहेको यस शिक्षालयमा सेमेष्टर प्रणालीमा पढाइ हुने भएकाले ६ वटा सेमेष्टरमा पढाई हुन्छ जसको कुल खर्च जम्मा एक लाख पचास हजार पर्ने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्