क्लासिक टेकको विराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी

क्लासिक टेकको विराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी

विराटनगर । इन्टरनेट प्रदायक निजी कम्पनि क्लासिक टेकको विराटनगर ट्राफिक चौकस्थित शाखा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेका छन् । गुणस्तरीय सेवा प्रवाह नगरेको भन्दै सेवाग्राहीले शुक्रबार कार्यालयमा तालाबन्दी गरिदिएका हुन् ।

चारदिन अगाडीदेखि सेवा अवरुद्ध भएपछि एकजना सेवाग्राहीले जानकारी गराएपनि समस्याको बारेमा चासो नराखेपछि कार्यालयमै तालाबन्दी गरिएको छ ।

सेवाग्राहीले आफ्नो गुनासो राख्दा कम्पनिका प्रतिनिधिले नयाँ–नयाँ सामान जडान गर्नुपर्ने भन्दै खरिदका लागि दवाव दिदैं आएको बताए । सेवा अवरुद्ध भएर गएका सेवाग्राहीलाई नयाँ राउटर लगाउनु पर्ने भन्दै खरिद गर्न लगाएर खर्च बढाउने मात्रै काम गरेको भन्दै आक्रोशित समूहले कार्यालयमै तालाबन्दी गरिदिएका हुन् ।

क्लासिक टेकको नेशनल मेनेजर भुपाल सिंह कार्कीले सेवाग्राहीको निक्कै ठुलो समस्या नरहेको र शनिबार नै समाधान गरिने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्