सञ्चारमाध्यम विरुद्ध मजाक – सम्पादकीय

<span class='c1'>सञ्चारमाध्यम विरुद्ध मजाक</span> <span class='c2'>– सम्पादकीय</span>

नागरिकको सूचना प्राप्त गर्न पाउने अधिकार प्रत्याभूत गर्दै समाचार सामाग्री प्रकाशन/प्रसारण गर्दै आएको आवर विराटनगर विरुद्ध इन्टरनेट प्रदायक कम्पनि क्लासिक टेक प्रा.लि. सञ्चालकले पछिल्लो तीनदिन यता भद्दा मजाक गरिरहेको छ । संविधान विपरित एउटा निजी कम्पनिले सञ्चारमाध्यममाथी बन्देज लगाउने दुस्प्रयासको जति नै निन्दा गरेपनि कम हुन्छ । त्यसकै फलस्वरुप क्लासिक टेक प्रा.लि.ले गत शुक्रबार यता नागरिक तहबाट चौतर्फी विरोध र आलोचना खेप्नु परिरहेको छ ।
सेवाग्राहीले सेवा नपाएको भन्दै क्लासिक टेकको विराटनगर कार्यालयमा तालाबन्दी गरेको विषय प्रकाशन गरेकै आधारमा आवर विराटनगरको पोर्टललाई उसले बन्देज गर्‍यो । घटनाक्रमलाई आवर विराटनगरले प्रारम्भिक चरणमा सामान्य रुपमा लिइएको थियो । नागरिकले सेवा प्रदायक कम्पनिसँग राखेको अपेक्षा पूरा नभएको भन्दै विरोध जनाएको विषय सञ्चारमाध्यमको लागि समाचार सामाग्री बन्नुपर्दथ्यो, र बन्यो पनि । त्यसमा कम्पनिले केहि चित्त नबुझेको खण्डमा प्रक्रियागत रुपमा अगाडी जान पाउने थियो । तर, त्यसको विपरित हुने गरि शुक्रबार रातीदेखि क्लासिक टेकको इन्टरनेट प्रयोगकर्ताले ओबीको पेजलाई खोलेर हेर्न नमिल्ने बनाउँदै तानाशाहा प्रवृत्ति छर्लङ्ग पार्ने काम कम्पनिका सञ्चालकले गरे । त्यति मात्रै हैन सञ्चारमाध्यम विरुद्ध खेल्ने दुस्साहस समेत गरिरहेका छन् ।

क्लासिटेकले के बुझ्नु पर्दछ भने हाम्रो पेज बन्देज गरेको कुरा पनि हामीलाई हाम्रा पाठकले र तिम्रा सेवाग्राहीले नै दिएका हुन् । क्लासिक टेकको सेवा लिएका ग्राहक हाम्रा पनि पाठक छन् । उनीहरुले तिम्रो सेवालाई भन्दा हाम्रो मिडियाको समाचार सामाग्रीलाई धेरै विश्वास गर्दछन् । त्यसैले तिमीले गरेको हर्कत विरुद्ध हाम्रा पाठक छन् । जुन तिम्रा सेवाग्राही हुन् । किन की हामीले तिम्रा सेवाग्राहीलाई निःशुल्क सूचना दिईरहेका छौं तर तिमीले व्यापार गरिरहेका छौ । कि तिमी सञ्चारमाध्यमको जस्तो निःशुल्क सूचना दिन निःशुल्क र सर्वसुलभ इन्टरनेट सेवा प्रदान गर, हैन भने व्यापार गरेर सेवाको ध्वाँस दिन छोड ।

सञ्चारमाध्यममाथीको यो हर्कतलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध रहेको ठहर गर्दै समग्र पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघले समेत विरोध जनाईसकेको छ । क्लासिक टेकको पृष्ठभूमि जे सुकै होस् तर उसले दिने सेवामा नागरिकले चित्त नबुझाएको विषय समाचारको रुपमा प्रकाशन/प्रसारण गर्नु पत्रकारिताको धर्म र मर्ममा पर्दछ । त्यो निरन्तरताको काम हो । नागरिक पत्रकारितामा कतिपनि बिचलित नभई आवर विराटनगरले आफ्नो धर्म निभाईरहने छ । यदि क्लासिक टेक प्रा.लि.का सञ्चालकलाई सामान्य अंकुशकै आधारमा सञ्चारमाध्यमले आफ्नो काम छोड्लान् भन्ने भएको भए त्यो भ्रम मात्रै हुनेछ ।

अन्तमा यसका सञ्चालक यदि धनसँगै ज्ञान पनि भएका भए आफूले गरेको कार्य कानुन र संविधान अनुसार मिल्ने वा नमिल्ने यसको ठम्याई गरुन् । पत्रकारिता विरुद्ध खेल्ने र सञ्चारमाध्यममाथी अंकुश लगाउने सपनामा छन् भने तत्कालै ब्यूँझिउन् । जथाभावी हर्कत गर्ने मनसाय राखेर व्यवसाय सञ्चालन गर्ने योजना भए त्यसका विरुद्ध पत्रकारिता सधैं अग्रभागमै उभिन्छ ।

नवराज कट्टेल
सम्पादक
आवर विराटनगर डट नेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्