कोरोना कहरका कारण विराटनगरका मुर्तिकारलाई प्रत्यक्ष असर

कोरोना कहरका कारण विराटनगरका मुर्तिकारलाई प्रत्यक्ष असर

प्रेम देवान
विराटनगर । साउन महिनाको पहिलो हप्तादेखि नै माटोको मुर्ति बनाउन व्यस्त भएका कलाकारहरुलाई आजको दिन थप भ्याई नभ्याई छ । आज कुष्णजन्माअष्टमी भएका कारण आज राती १२ बजेसम्म कलाकारहरु कृष्ण भगवानको मुर्ति सिँगार्न ब्यस्त छन् । साउन महिनादेखि नै नेपाली हिन्दुधर्मालम्वीहरुको चाड पनि सुरु हुन्छ । चाड पर्व सुरुभएसँगै विराटनगरमा रहेका अधिकांश मुर्तिकारहरु व्यस्त छन् । तर गत बर्षदेखी आफुहरुको पेशामा पनि कोरोना भाईरस कोभिड १९ को असर पुगेको मुर्तिकारहरु बताउछन् ।

कोरोना भाईरसका कारण सरकारले कुनै पनि भिडभाड तथा भेला भएर पुजाआजा नगर्नु भनेपछि कृष्ण भगवानको मुर्तिको पनि कम अडर आएको मूर्तिकारहरुको भनाई छ । यस भन्दा अगाडी ५० वटा सम्म अर्डर आउथ्यो तर यसपटक भने आदा मात्र मुर्तिको अर्डर आएको विराटनगर १२ तालिम केन्द्रपथका मुर्तिकार पवन महतोले बताए । अझ त्यस माथी १० दिनदेखीको निरन्तरको झरीले गर्दा आलो आलोमा नै मुर्ति बेच्नुपर्ने वाध्यता भएको महतोको भनाई छ ।

विगत २ दशक भन्दा लामो समयदेखी माटोको मुर्ति बनाएर नै जिविको पार्जन गर्दै आएका विराटनगर १३ सैनिक टोलका ४३ बर्षिय विजय महतोको पनि आफ्नै पिडा छ । गएको बर्षदेखी नै कोरोना भाईरसले गर्दा माटोको मुर्ति बनाएर जिविको पार्ज गर्न निकै नै समस्या हुन थालेको महतो बताउछन् । सरकार बैंकहरुले पनि हामी जस्तो साना व्यावसायीलाई कुनै सेवा सुविधा दिदैनन् त्यसमाथी लकडाउनले गर्दा यसपटक पनि माटोको मुर्तिको कमाई सोचे अनुरुप भएन । माटोबाट बनेका मुर्ति १ हजारदेखी १० हजार सम्म बन्ने गरेको मर्तिकारहरुको भनाई छ । यस पटक भने आफुहरुलाई निरन्तरको झरी र कोरोना कहरका कारण मुर्ति बनाउने कम अर्डर आएको अर्का मुर्तिकार प्रेम महतोले बताए ।

विराटनगरको दक्षिणी क्षेत्र सैनिक टोल उत्तरी तीनपैनी, बरगाछी, हाटखोला क्षेत्रमा रहेका मुर्तिकारहरु यतिबेला मुर्ती बनाउन कलाकारहरु लागिपरेको छन् । कृष्ण जन्मअष्टमी, विश्वकर्मा पुजा, दुर्गा पुजा, आनन्द पुजा, छैठ तथा फागुनको अन्तमा सरस्वती माताको मुर्ती बनाउने काम कलाकाहरुले गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्