विराटनगर क्षेत्रका विद्यालय सञ्चालनका लागि सुझाव माग

विराटनगर क्षेत्रका विद्यालय सञ्चालनका लागि सुझाव माग

विराटनगर । कोभिड–१९ का कारण बन्द रहेका विराटनगर महानगरपालिका क्षेत्रका बिद्यालय खुलाउने विषयमा विषय विज्ञ र सरोकारवालाहरु राय मागिएको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीले शैक्षिक क्षेत्र खुलाउन र स्वास्थ्य मापदण्ड पालना गरेर विद्यार्थीको भौतिक उपस्थितिमा अध्यापन गराउने विषयमा धारणा माग्नु भएको हो ।

कार्यक्रममा सहभागी विराटनगर महानगरका विद्यालयका सञ्चालक, अभिभावक संघका प्रतिनिधि तथा प्राध्यानाध्यापकहरुले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्नु पर्नेमा जोड दिएका थिए । कोभिडका कारण शैक्षिक क्षेत्रमा परेको समस्या र बैकल्पिक रुपमा भइरहेको अनलाईन कक्षाहरुले बालबालिकामा पारेको प्रभावका विषयमा समेत चिन्ता ब्यक्त गरिएको छ । लामो समय मोवाइल,ल्यापटपको स्क्रिनमा बस्दा बालबालिकाको आखा र मस्तिष्कमा समेत दिर्घकालिन असर पर्ने तर्फ पनिध्यानदिनुपर्ने औल्याएकाथिए ।

छलफलमा उठेका कुराहरुलाई संम्बोधन गर्ने गरी विद्यालय सञ्चालन व्यवस्थापन कार्य ढाँचा निधारण गर्न शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत कृष्ण भट्टराइको संयोजकत्वमा ७ सदस्य समिति समेत बनाइएको छ । जसमा शिक्षक महासंघका बेदु खतिवडा, हिसान बाट भेषराज पोखरेल, एनप्याप्सन र प्याप्सनकातर्फबाट इन्द्र राई, अभिभावक संघ नेपाल बाट देवी पन्थी, सामुदायीक विद्यालय व्यवस्थापन समितिबाट कृष्ण गौतम रहेका छन् । समितिले एक हप्ताभित्रै विद्यालय सञ्चालन गर्न परामर्श तथा व्यवस्थापन कार्य ढाँचा निर्धारण गर्ने छ । समितिले एक प्रकारको खाका तयार गरेपछि कसरी विद्यालय सञ्चालनमा आउछ, आउदैन भन्ने निर्णयमा पुग्ने मेयर पराजुलीको तयारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्