विराट गोल्डकपले आठ लाख मुनाफा कमायो, टिकट बिक्रीबाट मात्रै ५९ लाख उठ्यो

<span class='c1'>विराट गोल्डकपले आठ लाख मुनाफा कमायो,</span> <span class='c2'>टिकट बिक्रीबाट मात्रै ५९ लाख उठ्यो</span>

विराटनगर । विराटनगरमा २०७७ चैत २६ गतेदेखि २०७८ बैशाख ४ गतेसम्म आयोजित विराट गोल्डकप फुटबल प्रतियोगितामा आयोजकले आठ लाख मुनाफा आर्जन गरेको छ । ऐतिहासिक रुपमा सम्पन्न प्रतियोगिताका संयोजक मनोज बिक्रम शाहका अनुसार प्रतियोगिताले मुनाफा आर्जन गरेको हो ।

विराटनगरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी दिइएको जानकारी अनुसार एक करोड ४७ लाख ७४ हजार ५९४ कुल आम्दानी भएको गोल्डकपमा एक करोड ३९ लाख ७२ हजार २३१ रुपैँया खर्च भएको छ । प्रतियोगितामा ५९ लाख ७६ हजार १०० रुपैँया टिकट बिक्रीबाट मात्रै आम्दानी भएको आयोजक संयोजक शाहले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि प्रदेश सरकारले १५ लाख, विराटनगर महानगरपालिकाले १२ लाख, राखेपले ४ लाख रुपिँया सहयोग प्रदान गरेका थिए । यसैगरी मुख्य प्रायोजकहरुबाट २० लाख, प्रायोजकहरुबाट १० लाख, सहप्रयोजकबाट १७ लाख २५ हजार, ब्यानर प्रायोजकबाट ८ लाख, फुड पार्टनरबाट २ लाख ५० हजार र अन्य ५० हजार आम्दानी भएको उल्लेख छ ।
खर्चतर्फ कार्यालय व्यवस्थापन ९ लाख २८ हजार १४८, मैदान मर्मत ४ लाख ८ हजार ९५७, रंगशाला मर्मत ३ लाख २६ हजार ७१४, पुरस्कारतर्फ ३५ लाख ११ हजार २०२ रुपैँया भएको छ । यसैगरी खेलाडी व्यवस्थापनतर्फ ३२ लाख ३४ हजार ९४७ भएको उल्लेख गरिएको छ ।

प्रतियोगितामा सशस्त्र प्रहरी, नेपाल पुलिस क्लव, युनाइटेड फुटबल क्लव, पश्चिम बंगाल, विराटनगर महानगरपालिका–११, संकटा, क्लव, पन्जाब पुलिस, जलन्धर भारत, सिक्किम यूनाइटेड, गोख्रा ब्वाइज, रुपन्देही, अफ्रिकन रुट एसोसिएटेस् नाइजेरिया, मच्छिन्द्र क्लवले सहभागीगता जनाएका थिए ।
प्रतियोगितामा सशस्त्र प्रहरी बल विजेता बन्दै १५ लाख १५ हजार नगद राशी र पन्जाब पुलिस जलन्धर भारत उपविजेता बन्दै ७ लाख ५१ हजार प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्