अब हवाईजहाज चढ्दा फेससिल्ड लगाउन नपर्ने

<span class='c1'>अब हवाईजहाज चढ्दा</span> <span class='c2'>फेससिल्ड लगाउन नपर्ने</span>

आन्तरिक उडानका वायुसेवा कम्पनीले यात्रुलाई उपलब्ध गराउँदै आएको फेससिल्ड हटाउने भएका छन् । वायुसेवा सञ्चालक सङ्घले विज्ञप्ति जारी गर्दै सुरक्षित तवरले मास्क लगाएको खण्डमा सुरक्षित रहन सकिने विभिन्न अध्ययनले पुष्टि गरेकाले यात्रुलाई फेससिल्ड हटाइएको जनाएको हो । “विश्वमा अन्य कुनै वायुसेवाले फेससिल्ड अनिवार्य नगरेको र सुरक्षित तवरले मास्क लगाएको खण्डमा सुरक्षित रहन सकिन्छ भन्ने पुष्टि भइसकेको अवस्थामा वायुसेवामा फेससिल्ड हटाउने निर्णय गरिएको छ”, विज्ञप्तिमा भनिएको छ ।

नेपाली यात्रुलाई मास्कसँगै फेससिल्डको प्रयोगले असहजता सिर्जना गर्नुका साथै प्रयोगमा आइसकेका फेससिल्ड विमानस्थलमा जथाभावी फाल्दा असुरक्षित भई वातावरणीय समस्यासमेत देखिएको सङ्घले जनाएको छ ।

तस्विर साभार: बुद्ध एयर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्