विराटनगरको सिंघिया पुलको जिर्णोद्वार र क्षमताविस्तारका लागि मोरंग व्यापार संघ माग

विराटनगरको सिंघिया पुलको जिर्णोद्वार र क्षमताविस्तारका लागि मोरंग व्यापार संघ माग

विराटनगर । विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने रंगेली रोड सडक खण्डमा पर्ने हाटखोलास्थित सिंघिया पुल जिर्ण भएको भन्दै मोरङ व्यापार संघले सरकारका विभिन्न निकायहरुलाई ध्यानाकर्षण गराएको छ ।
मोरङ–सुनसरी आर्थिक कोरिडोर अन्तरगत कटहरी गाउँपालिकालगायत आसपासका क्षेत्रमा संचालनमा रहेका उद्योग, कल–कारखानाहरु र मोरङका पूर्वी भेगका अधिकांश बजारहरुलाई प्रादेशिक राजधानीलाई जोड्ने पुल जिर्ण भएको भन्दै संघले निर्माणका लागि अनुरोध गरेको हो ।

औद्योगिकनगरी एवं व्यवसायिक केन्द्र बिन्दु विराटनगर महानगरपालिका र विराटनगर भन्सार नाकासँग जोड्न सो पुलको भूमिका अत्यन्त महत्वपूर्ण रहेकोमा लामो समय देखि सामान्य जिर्णोद्वार मात्र गरिँदै आएकोले त्यसलाई तत्काल बनाउन माग गरिएको छ । संघका अध्यक्ष प्रकाश मून्दडाले कटहरी गाउँपालिका सहित आसपास क्षेत्रको अधिक योगदान रहँदै आएको त्यस क्षेत्रमा औद्योगिक प्रयोजनका मालवाहक र सार्वजनिक सवारी साधनहरुको आवागमनमा समस्या हुने भन्दै तत्काल बनाउन माग गर्नु भएको छ ।

पुलको समयमै जिर्णोद्वार र क्षमताविस्तारका कार्यहरु तत्कालै थालनी गर्न हाल संघीय सरकारका भौतिकपूर्वाधार तथायातायात मन्त्री, प्रदेश नं. १ सरकारका भौतिकपूर्वाधार विकास मन्त्री, सडक विभागका महानिर्देशक र सडक डिभिजन विराटनगरका प्रमुखलाई पत्राचार समेत गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्