लुम्बिनी प्रदेशसभा बैठक स्थगित

<span class='c1'>लुम्बिनी प्रदेशसभा</span> <span class='c2'>बैठक स्थगित</span>

रुपन्देही

लुम्बिनी प्रदेशसभाको आजका लागि तय भएको बैठक स्थगन गरिएको छ । नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगन गरिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीका नेतृत्वमा नयाँ सरकार गठन भएपछि आह्वान भएको नवौँ अधिवेशनको बैठक नेकपा (एमाले)को अवरोधका कारण पटक–पटक स्थगन हुँदै आएको छ ।

आफ्नो पार्टीले कारबाही गरेका विमलाकुमारी वली र अजय शाहीलाई कारबाही गर्नुपर्ने माग गर्दै एमालेले बैठक अवरुद्ध गर्दा बैठक स्थगन हुँदै आएको थियो । भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिने बेलामा भने एमालेले प्रदेशसभा बैठक बहिष्कार गरेको थियो । मुख्यमन्त्रीले विश्वासको मत लिएपछि बैठक आजसम्म स्थगन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्