उद्योग संगठन मोरङको स्टार्ट अप एन्ड इनोभेसन कार्यक्रममा ४८ को आवेदन

उद्योग संगठन मोरङको स्टार्ट अप एन्ड इनोभेसन कार्यक्रममा ४८ को आवेदन

विराटनगर । उद्योग सङ्गठन मोरङले नयाँ सोच भएका युवासँग साउन १ देखि ३२ गतेसम्म आवेदन माग गरेकोमा ४८ जनाले निवेदन दिएका छन् । स्टार्ट अप एन्ड इनोभेसन कार्यक्रमका संगठनले माग गरेको आवेदनमा ४८ जनाले ईच्छा देखाएका हुन् ।

स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छाले आवेदकसँग अन्तर्वार्ता लिने र स्क्रिनिङ गर्ने काम भइरहेको छ। आवेदकको अन्तर्वार्ता संयोजक गोल्छा र पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक डा. बिजु थपलियाले लिदैं आउनु भएको छ । भदौ भरीमा २० जना नयाँ उद्यमीको छनौट गरेर असोजदेखि उनीहरुको योजना अनुसार संगठनले सहयोग गर्नेछ ।

सङ्गठनले आह्वान गरेको आवेदनमा सबै खाले आवेदन परेको बताइएको छ । नव उद्यमीलाई वित्तीय पहुँचमा सहयोग, कानुनी तथा प्रक्रियागत आवश्यकतामा सहयोग गर्ने योजनासहित आवदेन माग गरिएको हो । कृषि क्षेत्रमा १५ र गैर कृषि क्षेत्रमा २५ लाखसम्मको ऋण बिना धितो उपलब्ध गराइनेछ। ऋण उपलब्ध गराउन नबिल बैङ्कले सहमति जनाइसकेको छ। मौद्रिक नीतिले स्टार्ट अप एन्ड इनोभेसन कार्यक्रममा सबै वाणिज्य बैङ्कले अनिवार्य ऋण प्रवाह गर्न बाध्य बनाएपछि अन्य बैङ्क पनि उद्योग संगठनसँग काम गर्न तयार देखिएका छन् ।

सरकारको नीतिअनुसार स्टार्टअप र इनोभेसनमा छनौट भएकाले ८ प्रतिशत ब्याजमा ऋण पाउँछन्। यसमा ५ प्रतिशत ब्याज सरकारले अनुदान दिने भएका कारण उनीहरूले ३ प्रतिशतमा काम गर्न पाउँछन्। उद्योग सङ्गठनले नवउद्यमीलाई साथी उद्यमी खोजिदिने, उनीहरूको बौद्धिक सम्पत्तिको संरक्षण गरिदिनेदेखि तिनका उत्पादनको मार्केटिङ र ब्रान्डिङका काममा पनि सहयोगीको भूमिका निर्वाह गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्