शेयर कारोबार ४० मिनेट बन्द भएर पुनः सुरु

<span class='c1'>शेयर कारोबार ४० मिनेट</span> <span class='c2'>बन्द भएर पुनः सुरु</span>

काठमाडौँ

उच्च अङ्कले धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले केही समय कारोबार रोक्यो । नेप्सेले ४० मिनेटका लागि कारोबार रोकेको हो । कारोबार शुरु भएको दुई घण्टामै नेप्सेमा पाँच प्रतिशतको गिरावट देखिएपछि कारोबार रोकिएको हो ।

नेप्से १ सय ४७.३१ बिन्दुले अर्थात् ५.०३ बिन्दुले ओरोलो लागेर दुई हजार ७ सय ७९.६८ मा रोकिएको थियो | यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २६.९३ अङ्कले ओरालो लागेर ५१४ं८४ मा सीमित भएको छ ।

कूल २ सय १५ कम्पनीको एक करोड ४८ लाख ३१ हजार ७ सय ३८ कित्ता शेयर रु सात अर्ब १९ करोड ९० लाख ३५ हजार ६ सय ७१ मूल्यमा खरिदबिक्री भएका थिए ।

सर्किट ब्रेकको नियम अनुसार कारोबार सुरु भएको पहिलो घन्टामा ४ प्रतिशतले सूचक बढे या घटे २० मिनेट कारोबार स्थगित गरिन्छ भने दोस्रो घन्टामा सूचक पाँच प्रतिशतले बढे या घटे ४० मिनेट स्थगित गरिन्छ । त्यस्तै तेस्रो घन्टापछिको समयमा सूचक छ प्रतिशतले बढेमा वा घटेमा बाँकी समयको कारोबार स्थगित गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्