रियलमी मोबाइलको अथोराइज्ड डिस्ट्रीब्युटरमा हाजी इलेक्ट्रोनिक्स

रियलमी मोबाइलको अथोराइज्ड डिस्ट्रीब्युटरमा हाजी इलेक्ट्रोनिक्स

विराटनगर । बिराटनगर ७ मा रहेको हाजी इलेक्ट्रोनिकसले रियलमी ब्रान्डको अथोराइज्ड डिस्ट्रीब्युटर संचालनमा ल्याएको छ ।

बिराटनगर, रंगेली लगायत मोरङका विभिन्न क्षेत्रमा बिक्री बितरण गर्नेछ । एक कर्यक्रमका बीच चार विभिन्न मोडलका मोबाइलहरु लन्च गरिएको छ । जसमा सि–११ (२०२१), सि–२० , सि–२१ र रियलमी ८ ब्रान्डका मोबाइल रिलन्च गरि बजारमा बिक्री बितरण सुरु गरिएको हो ।

२ जिबि र्याम र ३२ जिबि रोम मा सि ११ र सि २० रहेको छ जसको बजार मुल्य १२, ४९९ र १२, ८४९ छ भने सि २१ , चार जिबि रयाम र ६४ जिबि रोममा उपलब्ध छ । जसको बजार मुल्य १६,९९९ रहेको छ । रियलमी ८ , छ जिबि रयाम र १२८ जिबि रोम मा उपलब्ध छ जसको बजार मूल्य २८,७९९ रहेको छ ।

पहिले मुरारका ग्रुप द्वारा नेपाल भित्राइएको रियलमी ब्राण्डलाई हाल शंकर ग्रुपको जगदम्बा मोबाइल्सले नेपाली बजार मा पुनः बजारीकरण थालेको हो ।
नेपाली ग्राहकको क्रयशक्तिले भ्याउने किसिमको मोबाइल सेटहरु भएका कारण नेपाली बजारमा छोटो समयमै रियलमि मोबाइलले महत्त्वपूर्ण हिस्सा ओगट्न सफल भएको छ । रिलन्चिङ मै उत्साहप्रद व्यापार भएको हाजी इलेक्ट्रोनिकका प्रबन्ध निर्देशक खुर्शिद आलमले जानकारी दिए । सो अवसरमा बिराटनगर क्षेत्रका रिटेलर ब्यबसायीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्