केभिएम विराटनगरमा नयाँ विद्यार्थी अभिमुखीकरण सम्पन्न

केभिएम विराटनगरमा नयाँ  विद्यार्थी  अभिमुखीकरण सम्पन्न

विराटनगर

बिराटनगर-१० मा रहेको कोशी विद्या मन्दिरले कक्षा ११ को बिज्ञान संकायमा भर्ना भएका बिद्यार्थीहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

बिद्यालयका कार्यकारी प्रधानाध्यापक राजेश कुमार दासको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम भर्चुअल बिधिद्वारा संचालन गरिएको थियो ।
दासले तिन दशक लामो इतिहास बोकेको बिद्यालयको शैक्षिक गतिबिधि र आजका दिन सम्म विद्यालयले हासिल गरेको उपलब्धिका बारेमा प्रकाश पार्दै नव आगन्तुक बिद्यार्थीहरुका लागी स्वागत मन्तव्य राखेका थिए।

मन्तब्यकै क्रममा बिद्यालयको आचार संहिता र बिद्यार्थी अनुशासन कस्तो हुनुपर्छ भनि बिद्यालयका एकेडेमिक निर्देशक धीजन बाबु काफ्लेले सबैलाई जानकारी गराएका थिए ।

नेपाल सरकारद्वारा परिमार्जित माध्यमिक तहको अबधारणा अनुसार यसै शैक्षिक सत्र देखि कक्षा ९देखि १२लाइ एकै मोडालिटीमा संचालन गर्न लागेको यस बिद्यालयले कक्षा ११ बाट नै "करियर फ़ोकस्ड लर्निंग सिस्टम "अन्तर्गत "प्रि मेडिकल र प्रि इन्जिनिरिंग "क्लास संचालन गरिनुका साथै नियमित पाठ्यक्रममा ' कग्नीटिभ लर्निंग प्रोसेस ' द्वारा सिकाई सहजीकरण गरिने कुरा बिद्यालयका प्रमुख प्रशाशक सी एम रिजालले जानकारी दिएका छन्।

उक्त कार्यक्रमको संचालन अंग्रेजी बिभाग प्रमुख सनद भट्टराईले गरेका थिए भने बिद्यालय संचालक समितिका सदस्य श्री चुडा श्रेष्ठले सम्पूर्ण सहभागीहरुमा धन्यवाद ज्ञापन गर्दै आफ्ना मन्तब्य राखेको रिजालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्