बिराटनगर इन्टरनेसनल कलेज र नेपालीरिका होटेलबीच सम्झौता

बिराटनगर इन्टरनेसनल कलेज र नेपालीरिका होटेलबीच सम्झौता

बिराटनगर |

बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको सहकार्यमा संचालित बिराटनगर इन्टरनेशनल कलेजले भर्खरै नयाँ कोर्ष ल्याएको छ जहाँ कलेजले विध्यार्थिहरुलाई तालिम तथा रोजगारीको अवसर पनि प्रदान गर्ने भएको छ।

कलेजले बिगत ७ बर्षदेखि बिएसी अनर्स इन्टरनेशनल बिजनेस म्यानेजमेन्टको ४ बर्षे कोर्ष संचालन गरिरहेको छ भने यस बर्षबाट ३ बर्षे बिए अनर्स इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट संचालन गर्ने भएको छ ।

बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको सहकार्य साथै नेपाल सरकार शिक्षा मन्त्रालय र त्रिभुवन विश्वबिद्यालयको समकक्षता सहित उक्त कोर्ष संचालन हुन लागेको कलेजका अपरेशन प्रमुख बिबेक दाहालले जानकारी दिए ।

इनोभेट नेपाल ग्रुपको स्वामित्व र व्यस्थापनमा संचालित उक्त कलेजले नयाँ कोर्षको लागि बिराटचोक र झापाको दमक स्थित पिएलो ग्रुपद्वारा संचालित नेपालीरिका होटेल संग कलेजले बिद्यार्थीलाई तालिम तथा रोजगारीको लागि सम्झौता गरेको छ । बिराटनगर इन्टरनेशनल कलेजका तर्फबाट प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्ले र होटेलको तर्फबाट निर्देशक आकाश दुलालले हस्ताक्षर गरेका थिए ।

नेपालमा हस्पिटालिटी क्षेत्रमा निकै दक्ष जनशक्तिको अभाव भएको आभाष गरी सम्पूर्ण हस्पिटालिटी क्षेत्रलाई चाहिने क्याप्टेन, होटेल म्यानेजर , सीईओ , टिम लिडर , स्वदेशी तथा बिदेशी उड्ययन तथा समुन्द्री यातायात क्षेत्रको लागि क्याबिन कृउ, ट्राभल म्यानेजर लगायतका क्षेत्रका नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादनका लागि यस कोर्षको सुरुवात गरेको कलेजका प्रमुख कार्यकारी ऋषिकेश वाग्लेले जानकारी दिए ।

साथै यसबाहेक बिदेशमा पनि चाडै बिभिन्न होटेल तथा हस्पिटालिटी क्षेत्रसंग सम्झौता गरिने पनि कार्यकारी अधिकृत वाग्लेले बताए । निकै कम शुल्कमा अन्तराष्ट्रिय डिग्री प्रदान गरिने कलेजको दाबी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्