२४ घन्टाको कोभिड तथ्याकं: नेपालमा १ हजार २ सय ७१ सङ्क्रमित

<span class='c1'>२४ घन्टाको कोभिड तथ्याकं: नेपालमा </span> <span class='c2'>१ हजार २ सय ७१ सङ्क्रमित</span>

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन एक हजार २७१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा ११ हजार ९४४ जनामा परीक्षण गर्दा एक हजार २७१ जनामा सङ्क्रमण देखिएको हो ।

नेपालमा सङ्क्रमणको दर १९.४ प्रतिशत पुगेको । सक्रिय सङ्क्रमित २८ हजार ६७८ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १६ रहेका छन् । भई आज एक हजार ८४५ जना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । अहिलेसम्म सात लाख ३५ हजार ६ जना सङ्क्रमणमुक्त भई घर फर्किएका हुन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४.९ प्रतिशत रहेको छ ।

सङ्क्रमणबाट विगत २४ घण्टामा १४ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ९०३ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६७.५ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ । हाल चार सय ५८ जना सघन उपचार कक्ष, १३९ जना भेन्टिलेटर, २६ हजार ८८६ जना होमआइसोलेशन, एक हजार ७९२ जना संस्थागत आइसोलेशन र २६१ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालमा आज ९२ हजार १६९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५७ लाख २९ हजार ७८९ जनाले पहिलो मात्रा र ५१ लाख दुई हजार २४४ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्