विराटनगर।
अबैध रुपमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने महंगा औषधीहरु भन्सार छली चोरी पैठारी गरि कारोबार गर्ने एकजनालाई महानगरीय अपराध महाशाखा काठमाण्डौले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका ४ महाराजगंज घर भई हाल बुढानिलकण्ठ नगरपालिका ८ बस्ने वर्ष १९ का प्रवल भण्डारी रहेका छन्। उनको साथबाट बरामद औषधीको अनुमानित बजार मूल्य (नौ लाख) रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ |
हाल उनलाई गोप्य सुचनाको आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरि ल्याइएको क्यान्सर रोगको उपचारमा प्रयोग हुने बिभिन्न औषधीहरु बिना लाइसेन्स बिक्रिबितरण गरिरहेको अबस्थामा पक्राउ गरी थप अनुसन्धानको लागि भन्सार कार्यालय गौचरमा पठाईएको छ । साथै निजले भारतमा रहेका आफन्त मार्फत उक्त औषधीहरु मगाई बिगत लामो समयदेखि काठमाडौंका बिभिन्न औषधी पसल, हस्पिटल तथा क्यान्सर रोगका बिरामीहरुलाई गैरकानुनी रुपमा बिक्रि बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ ।