विराटनगरका होटल लोक सेवा परीक्षा लेख्न आउनेबाट खचाखच, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

विराटनगरका होटल लोक सेवा परीक्षा लेख्न आउनेबाट खचाखच, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

विराटनगर । कोभिड–१९ संक्रमणले लामो समयसम्म बन्द रहेका विराटनगरका होटल प्रदेश लोकसेवा आयोगको परीक्षामा सहभागी हुन आउनेबाट खचाखच भरिएका छन् । गत बैशाख यता प्रायः बन्द रहेका होटलहरु परीक्षा लेख्न आउने परीक्षार्थीले बुक गरेपछि भदौ अन्तिम सातासम्मलाई भरिएका हुन् ।

‘टाईट–टाईट नै छ’ होटल एशोसिएशन नेपाल प्रदेश १ का संयोजक राजन श्रेष्ठले भन्नुभयो–एकै पटक धेरै संख्याको व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ । आउने र जाने क्रमका लागि यो साताभरी नै होटल बुक भएको श्रेष्ठले जानकारी दिनुभयो ।
प्रदेश लोकसेवा आयोगले यो साता भरनै विभिन्न परीक्षाको आयोजना गर्दैछ । प्रदेश लोकसेवा आयोगका सूचना अधिकारी केदारनाथ रिजालका अनुसार यो साता विभिन्न पदका लागि छ वटा परीक्षा सञ्चालन गरिनेछन् । शुक्रबार कृषी सेवा, मत्स्य समूह चौथो तहको परीक्षा आयोजना हुने भएपछि बुधबारदेखि नै परीक्षार्थीले विराटनगरका होटल बुक गरेर बसेका छन् । आजको परीक्षामा ६ हजार ८०३ परीक्षार्थी सहभागी हुने सूचना अधिकारी रिजालले जानकारी दिनुभयो ।

भदौ २५ गतदेखि असोज १ गतेसम्म विभिन्न चरणका परीक्षा आयोजना हुनेछन् । भदौ २६, २९, ३०, ३१ र असोज १ गतेसम्म लोकसेवा आयोगद्वारा लिईने विभिन्न पदको परीक्षाका लागि परीक्षार्थी आउने भएका हुन् । आयोगले यस बाहेक विभिन्न चरणका १७ वटा परीक्षा चालु आर्थिक वर्षमा गरिसक्नेछ ।
विराटनगर मात्रै नभई नजिकका पालिकाहरु बुढीगंगासहित सुनसरीको इटहरीका होटलमा समेत परीक्षार्थी बसेका छन् । आएर फर्कने स्थानबाट आजै आउने र परीक्षा लेखेर फर्कनेको संख्या समेत उतिकै रहेको छ । आजको परीक्षा दिउँसो ४ बजेदेखि विराटनगरका विभिन्न परीक्षा केन्द्रमा आयोजना गरिने भएको छ ।

धेरैपछि विराटनगरका होटलमा सेवाग्राहीको चपलपहल बढेको छ , संयोजक श्रेष्ठले भन्नुभयो–कुनै कुनै टोलिमा ७-८ जनासम्म पनि एउटै कोठामा बसेका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेका कारण होटलहरुले भरसक परीक्षार्थीलाई बाहिर निस्केर हिँडडुल गर्दा सावधानी अपनाउन आग्रह गरेका छन् । आफ्ना साथीहरु बाहेक अन्यसँग भेटघाट गर्दा सावधानी अपनाउन र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नका लागि भन्ने गरिएको श्रेष्ठले बताउनुभयो ।
विराटनगरका पर्यटकीयस्तरका ठूला होटलदेखि मझौला तथा साना होटलमा समेत परीक्षार्थी बसेका छन् । साना खाना खुवाउने होटलहरुमा समेत खाना खानेको संख्या उतिकै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्