रोहित र सन्दिपको उत्कृष्ट प्रदर्शनमा नेपालको जीत

रोहित र सन्दिपको उत्कृष्ट प्रदर्शनमा नेपालको जीत

भर्खरै सकिएको वान डे क्रिकेटमा नेपालले पपुवा न्युगिनिलाई १ सय ५१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ओमानमा भएको खेलमा टस जिति ब्याटिङ रोजेको नेपालले २ सय ३३ रन जोडेको थियो ।

नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ८६ रन जोडेका थिए भने कप्तान ज्ञानेन्द्र मल्लले ४५ , करन केसीले ४२ रन, विनोद भण्डारीले १७ रनको योगदान दिएका थिए । पपुवा न्युगिनिका लागि च्याड सोपरले ९ ओवरमा ४५ रन खर्चेर ३ विकेट, कबुवा मोरे र नोरमन भनुवाले समान २ विकेट र चार्ल्स अमिनिले १ विकेट लिएका थिए ।

२ सय ३४ रनको टार्गेट लिएर जवाफी ब्याटिङमा आएको पपुवा न्युगिनिको टोली ८२ रनमा सिमित भयो । पपुवा न्युगिनिलाई सस्तैमा समेट्नका लागि सन्दिप लामिछानेले उत्कृष्ट बलिंङ गर्दै ५ दशमलव १ ओवरमा ११ रन दिएर ६ विकेट लिए , यस्तै सोमपाल कामी, बिक्रम सोब र सुसन भारीले समान १-१ विकेट लिए । पपुवा न्युगिनीका लागि टोनी उराले १९, चार्ल्स एमिनिले १६, नोर्मन भनुवाले १२ रनको योगदान दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्