विराटनगरका विद्यालय असोज पहिलो साताबाट सञ्चालन गर्ने तयारी

विराटनगरका विद्यालय असोज पहिलो साताबाट सञ्चालन गर्ने तयारी

विराटनगर । कोरोना जोखिमका कारण बन्द रहेका विराटनगर महानगरपालिका भित्रका विद्यालय असोज पहिलो साताबाट सञ्चालन हुने भएका छन् । विराटनगर महानगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै असोज पहिलो साताबाट विद्यालय सञ्चालन गर्नसक्ने गरी आन्तरिक सर्कुलर गरेको हो ।

महानगरको शैक्षिक प्रशासन महाशाखाले असोज महिनाको प्रारम्भबाट आालोपाल प्रणालीमा विद्यालय आंशिक रुपमा विद्यालय सञ्चालन गर्ने गराउने वातावरण तयार पार्न विद्यालयहरुलाई निर्देशन दिएको हो ।
महाशाखाले सबै सामुदायिक विद्यालयहरुलाई परिपत्र गर्दै विद्यालय सञ्चालनको वातावरण तयार पार्न पूर्व तयारी स्वरुप विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकहरुसँग छलफल अन्तरक्रिया गरी कार्ययोजना तयार पार्न पनि निर्देशन गरेको छ ।
महानगरले कोभिड १९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय तहको शैक्षिक सत्र २०७८ सञ्चालनका सम्बन्धमा शिक्षा समितिले गरेको निर्णयका आधारमा यस्तो परिपत्र जारी गरेको हो ।

परिपत्रमा विद्यालय प्रशासन पूर्णरुपमा खुला गर्न र दैनिक प्रशासन सम्बन्धी काम जारी राख्न भनिभएको छ । यस्तै सबै शिक्षकलाई अनिवार्य विद्यालय पुगी विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ले तोकेको विद्यार्थी भौतिक रुपमा नियमित उपस्थित पठनपाठन बाहेकका क्रियाकलाप सञ्चालन गर्न, अनलाइन कक्षालाई निरन्तरता दिन, छुट विद्यार्थी भर्ना गर्न, शैक्षिक तथ्यांक अद्यावधिक गर्न पनि निर्देशन गरेको छ ।
महाशाखाले भदौ मसान्तभित्रै नगर शिक्षा समितिको बैठक बसेर विद्यालय सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा थप निर्णय गर्ने पनि जनाएको छ । महाशाखाको यो निर्देशनले असोज ४ गतेबाट महानरका विद्यालयहरुले आंशिक रुपमा पठनपाठन गराउने देखिएको छ । असोज १ गते विश्वकर्मा पूजा, २ गते शनिबार र ३ गते संविधान दिवशको बिदा परेकोले ४ गतेबाट विद्यालयहरु आलोपालो प्रणालीमा सञ्चालन हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्