विराटनगर–१६ दक्षिण गेटबाट १९ लाख मूल्य बराबरको अवैध औषधी बरामद

<span class='c1'>विराटनगर–१६ दक्षिण गेटबाट १९ लाख</span> <span class='c2'>मूल्य बराबरको अवैध औषधी बरामद</span>

विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा पोष्ट (बिओपी) रानीले विराटनगर–१६ दक्षिणगेटबाट १९ लाख मूल्य बराबरको प्रतिबन्धित औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको ११ प्रकारका औषधी बिओपी रानीको टोलिले बरामद गरेको हो ।

बरामद औषधी नेपालमा प्रतिबन्धित छ । भारतीय मूल्य ११ लाख ८६ हजार ९०८ रुपिँया बराबरको औषधी सीमा क्षेत्रमा रहेको केराको झ्याङ्गबाट हिजो अपरान्ह बरामद गरिएको बिओपी रानीका प्रहरी निरीक्षक मौसम पोखरेलले जानकारी दिनुभयो । दुईवटा कार्टुनमा भेटिएको औषधी कसले ल्याएको भन्ने खुलेको छैन ।

औषधी ल्याउने व्यक्ति भागेका कारण औषधी मात्रै बरामद भएको थियो । बरामद औषधीका सम्बन्धमा आवश्यक कारवाही गर्न औषधी व्यवस्थाप विभाग, विराटनगर कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्