कृषिका चार क्षेत्रको प्रवद्र्धन गर्न ‘एग्रि बिजनेस इन्क्यूबेशन’ कार्यक्रम

कृषिका चार क्षेत्रको प्रवद्र्धन गर्न ‘एग्रि बिजनेस इन्क्यूबेशन’ कार्यक्रम

विराटनगर । कृषि उत्पादनका क्षेत्रमा नयाँ सोच र योजना भित्र्याउन ‘एग्रि बिजनेस इन्क्यूबेशन’ कार्यक्रम अगाडी सारिएको छ । व्यवसायीक सोच भएकाहरुको योजनालाई प्रवद्र्धन गर्नका लागि कार्यक्रम अगाडी सारिएको हो । प्रदेश १ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, पूर्वाञ्चल यूनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संघसँगको सहकार्यमा नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) र आईडिया स्टुडियो नेपालले यो कार्यक्रम अगाडी सारेको हो ।

एनएएमडीपीले नयाँ सोच भएका ईच्छुकहरुका लागि आवेदन माग गरेको छ । आवेदकले मकै, दुग्धजन्य पदार्थ, तरकारी र अलैंची क्षेत्रलाई समेटेर आवेदन दिनसक्ने छन् । एनएएमडीपी फेज–२ की रीमा श्रेष्ठका अनुसार मकै, अलैंची, डेरी र तरकारीका क्षेत्रको उत्पादन, व्यापार, प्रशोधन, मूल्य र सेवाका लागि प्लेटफर्म प्रदान गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।
यसका लागि आवेदन परेकामध्ये दशजनाको उत्कृष्ट आईडिया छनौट गरेर उनीहरुलाई बृहत उद्यमशिलता प्रशिक्षण, मेन्टरसीप, व्यवसायीक विकास इन्क्यूबेशनमा सहभागिताको अवसर प्रदान गरिने छ । आवेदकलाई आफ्नो व्यवसायीक योजनालाई सफल बनाउन सहजीकरण गरिने भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय उप–डीन सोनीला शाक्यले पोखरा विश्वविद्यालयमा इन्क्यूबेशन सेन्टरको राम्रो सुरुवात भएको बताउँदै प्रदेश १ मा एग्रि बिजनेस इन्क्यूबेशन कार्यक्रमलाई आवश्यकता महसुश गरिएको बताउनुभयो । यस्ता कार्यक्रमले हरेक क्षेत्रमा उद्यमी बन्ने नविनतम सोच अगाडी आउने भएकोले त्यसलाई कार्यन्वयन गर्दा राष्ट्रिय अर्थतन्त्रमा सुधार हुनसक्ने उहाँको भनाई छ ।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले जुनसुकै क्षेत्रका स्टार्टअफहरु भएपनि उनीहरुलाई व्यवसायीक योजनासहित प्रवेश गराउँदा लगानी संरक्षण र उत्पादकत्व बढाउन सकिने बताउनुभयो । उहाँले धेरै देशहरुले पारिस्थितिकी उद्यमीतन्त्रको विकासमा लगानी गरिसकेको बताउँदै प्रदेश १ बाट यो कार्यक्रमलाई सार्थक बनाउन लागिने बताउनुभयो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी डिभिजन प्रमुख पशुपति पोखरेलले कृषि क्षेत्रलाई उद्यमको रुपमा विकास गर्ने योजनासहित यो कार्यक्रम कार्यन्वयनमा ल्याउन सुरुवात गरिएको जानकारी दिनुभएको छ ।
प्रदेश १ मा उद्योग संगठन मोरङले समेत स्टार्टअफ तथा इनोभेसन कार्यक्रममार्फत व्यवसायी–उद्योगीका लागि कार्यक्रम अगाडी सारेको छ । उद्योग संगठन मोरङले माग गरेको आवेदनमा आवेदन दिएका ४८ जनामध्ये २० जनालाई छनौट गरिएको छ । उद्योग–व्यवसायमा यूवाहरुलाई प्रवेश गराउने लक्ष्यसहित सुरु गरिएको स्टार्टअफ कार्यक्रमले प्रशासनिक तथा बैकिङ प्रक्रियाको सहजीकरण, व्यवसायीक ज्ञान र सीप, उत्पादित वस्तुको बजारीकरणमा सहयोग गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्